प्रभु हेलिकप्टरको व्यापार घट्यो, एक वर्षमा कतिको गर्‍यो कारोबार ?

532
Shares

काठमाडौं । प्रभु हेलिकप्टर प्रालिको व्यापार ६० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ मा सन् २०२३ को तुलनामा ६० प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२३ मा ४१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२४ मा २६ करोड रुपैयाँ मात्रै कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले आन्तरिक हेलिकप्टरको सुविधा दिँदै आएको छ । कम्पनीले हिमालको अवलोकन गर्ने, साइट हेर्न तथा अन्य सुविधा दिँदै आएको छ ।

प्रभु ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६१ करोड ९९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले कोभिडपछि सन् २०२३ मा उच्च व्यापार गरेको थियो । सो वर्ष पर्यटकको आगमन बढ्दा व्यापार उल्लेख्य भएको जनाएको छ । कम्पनीमा ७ जना बोर्ड सदस्य छन् । कम्पनीको अध्यक्षमा देवीप्रकाश भट्टचन छन् ।