नेशनल लाईफ इन्स्योरेन्सका अध्यक्ष सिंहले लिइन् अध्यक्ष ओझाबाट शपथ


काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनीयतको शपथ लिएकी छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझावाट सिंहले बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।

असार ५ मा भएको ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिबाट पूर्ननिर्वाचित भएकी हुन् ।