
काठमाडौं । काठमाडौं । अब धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने इन्भेष्टमेन्ट कम्पनीले अन्य कम्पनीको साधार सेयर र दोस्रो बजारमा सेयर कारोबार गर्न नपाउने भएका छन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी (इन्भेष्टमेन्ट) कम्पनीहरुलाई आईपीओ गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा भएको नीतिगत व्यवस्थालाई परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।
बोर्डले उर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि र खनिज उत्खनन सम्बन्धी संगठित संस्थाको सेयरमा मात्रै लगानी गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न दिने भएको हो ।
बोर्डले संगठित संस्था र लगानी कम्पनी कम्तिमा विगत तीन बर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक वर्षमा मुनाफा गरेको हुनुपर्ने बनाएको छ ।
संगठित संस्थारलगानी कम्पनीको प्रति सेयर नेटवर्थ अंकित मूल्य भन्दा बढी भएको हुनुपर्ने, संगठित संस्थारलगानी कम्पनीले उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक शेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो बजार मार्फत धितोपत्र खरिद गर्न नसक्ने बनाइएको छ ।
तर, योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत कार्य गर्न बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको बुक बिल्डिङ विधिमार्फत् हुने प्रारम्भिक सार्वजनिक निष्काशनमा मात्र योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने व्यवस्था बोर्डले गरेको छ ।
यस्तै, संगठित संस्थारलगानी कम्पनी उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको संगठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने, संगठित संस्थारलगानी कम्पनीले न्यूनतमभन्दा कम्तिमा एक स्तर माथिको क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्ने तथा संगठित संस्थारलगानी कम्पनीको चुक्ता पूँजी कम्तिमा ५० करोड हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्रारम्भिक सार्वजनिक निष्कासन गर्न नेपाल सरकार संस्थापक भई स्थापना भएको संगठित संस्था वा उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने उद्देश्य सहित स्थापना भएको संगठित संस्था लगानी कम्पनी हुनुपर्ने, बैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले बैदेशिक लगानी तथा प्रविधी हस्तान्तरण सम्बन्धी ऐनको प्रकृया पुरा गरेको हुनुपर्ने पनि बोर्डले जनाएको छ ।









प्रतिक्रिया