३२ अंकले घट्दै नेप्से २५९५ विन्दुमा, कारोबार पनि घट्यो


काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा सीमित भएको थियो ।

आइतबार सूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल ९ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल १० अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ ।