लिबर्टीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

दोश्रो वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष लगायत सञ्चालकहरु, सेयरधनी, सेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीको उपस्थिति थियो ।

कम्पनीको दोश्रो साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्ताव उपर छलफल भई सर्वसम्मतिले पारित भयो । साथै साधारण सभाले आर्थिक वर्ष २०८/८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्यो ।

सोही साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल भई पारित भएको छ ।