सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आइतबार(आज) सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको हो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलाको २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँ बढेर तोलामा २ हजार १६० रुपैयाँ पुगेको छ ।