
काठमाडौं । नेपालमा विभिन्न देशबाट भित्रिएका मोबाइल किनिरहँदा करिब ६ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।
चालु आर्थिक वर्षको पहिलो ११ महिनासम्ममा सरकारले १९ लाख ७५ हजार वटा मोबाइल आयात हुँदा ३२ अर्ब ८ करोड रुपैयाँ भन्सार मूल्यक फोन नेपाल भित्रिएका छन् ।
नेपालमा गत वर्ष २०८०/८१ को ११ महिनामा १७ लाख मोबाइल आयात भएको छ । यी मोबाइल आउँदा सरकारले ४ अर्ब ९० करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । यी माबोइल कबिर २६ अर्ब ३३ करोड रुपैयाँ भन्सार मूल्याका भएको पनि तथ्यांकले देखाएको छ ।
भन्सार विभागको जेठसम्मको यस्तो तथ्यांक अनुसार नेपालमा भएको मोबाइल आयात पौने ६ अर्ब रुपैयाँले बढेको छ । गत वर्ष २६ अर्ब ३३ करोड रुपैयाँको मोबाइल आयात हुँदा यो वर्ष भने ३२ अर्ब ८ करोड रुपैयाँको मोबाइल आयात भएको देखिएको छ।
नेपाल भित्रिएका यी मोबाइलमध्ये सबैभन्दा बढी चीनबाट १५ लाख ७० हजार वटा आएको छ । चीनबाट मात्रै २२ अर्ब २२ करोड रुपैयाँको मोबाइल आयात भएको छ ।
त्यसपछि दोस्रो धेरै मोबाइल आयात हुनेमा भारत छ । भारतबाट ३ लाख ९७ हजार वटा मोबाइल आयत भएको तथ्यांकले देखाएको छ । भारताबट पछिल्लो ११ महिनामा ९ अर्ब २९ करोड रुपैयाँ भन्सार मूल्यका मोबाइल आयात भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा गत वैशाखसम्ममा २ करोड ९२ लाख ८५ हजार मोबाइल प्रयोगकर्ता छन् ।
यी मोबाइल प्रयोगकर्तामध्ये अधिकांशले मोबाइल परिवर्तन गर्न चलाइरहेको भन्दा माथिल्लो रेन्जको हेर्ने स्मार्ट फोनका अधिकांश प्रयोगकर्ता नयाँ प्रविधिसँग अभ्यस्त भएको कारण महँगा मोबाइल सेटको आयात बढ्दै गएको छ ।
मोबाइल आयात संघका अनुसार नेपालीले बोक्ने मोबाइलमा सबैभन्दा ठूलो हिस्सा २० देखि ३५ हजार रुपैयाँको छ । पछिल्लो समय समान्य बारफोनकाे तुलनामा स्मार्ट फोनकै प्रयोग भएका कारण पनि संख्या उल्लेख नबढे पनि आयातकाे अंक भने उकालो लाग्दै गएको देखिएको छ ।







प्रतिक्रिया