
काठमाडौं । सरकारले काठमाडौंको नारायणगढ- बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द गरेको छ।
दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएपछि त्यहाँ त्यहाँ नयाँ पुलसहित सडक निर्माण नहुँदासम्मका लागि सडक बन्द गरिएको हो । सडक मर्मतको काम सकिएपछि मात्रै यातायात सञ्चालन हुने निर्णय भएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बैठकले सडक मर्मतको काम भइरहेकोले काम सम्पन्न भएपछि मात्रै यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।
यो सडकखण्डमा ठूला गाडीलाई पूर्णरुपमा निषेध गरिएको छ भने अन्य गाडीलाई राति ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेध गरिएको छ ।








प्रतिक्रिया