
काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई मुद्दा टुंगो नलागेसम्म पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ ।
पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले अदालतमा दायर गरेको रिटमा बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो ।
अदालतले पाठकविरुद्ध दर्ता गरिएका जाहेरीमा तत्कालै पक्राउ गरी अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको स्पष्ट गरेको छ । साथै, यो आदेशको जानकारी विपक्षी पक्षलाई पनि दिन भनिएको छ ।
अब मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रहरीले पाठकलाई पक्राउ गर्न पाउने छैन ।








प्रतिक्रिया