सिद्धार्थ आयल इन्डष्ट्रिजले एकै वर्ष गर्‍यो १ अर्ब १६ करोड रुपैयाँको व्यापार


काठमाडौं । सिद्धार्थ आयल इन्डष्ट्रिजले एकै वर्ष १ अर्ब १६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब १६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा १ अर्ब ५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै कम्पनीले सन् २०२२ मा १ अर्ब ४० करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब २६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा बढेको पाइएको छ । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पनि गत वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२४ मा कच्चा पदार्थको मूल्यमा कमी आउँदा नाफा बढेको जनाएको छ । सन् २०२४ मा कम्पनीले ९.५ प्रतिशतले नाफा कमाएको छ । सन् २०२३ मा ०.३ प्रतिशत मात्रै नाफा कमाएको थियो ।

सिद्धार्थ ग्रुपद्वारा सञ्चालित यस कम्पनीले कच्चा तोरीको तेल प्रशोधन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले तेज ब्राण्डमा तोरीको तेलको व्यापार गर्दै आएको छ ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले अष्ट्रेलिया, क्यानाडा र युक्रेनबाट कच्चा पदार्थ आयात गरी स्वदेशी बजार र भारतमा निर्यात गर्दै आएको छ । कम्पनीमा ३ जनाको स्वामित्व रहेको छ । जगदिशकुमार अग्रवालको ३० प्रतिशत, राजेशकुमार अग्रवालको ४० प्रतिशत र श्यामकुमार अग्रवालको ३० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ११ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ११ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ ।