
काठमाडौं । सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५९ अंकले घटेर २६५६.०६ विन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको थियो ।
मंगलबार कारोबार रकममा भने उच्च गिरावट आएको छ । आज नेप्सेमा कुल ७ अर्ब अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल १२ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ ।
आज पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा होटल तथा पर्यटन समूहमा सर्वाधिक अर्थात् १.७२ प्रतिशतको गिरावट आएको छ ।








प्रतिक्रिया