
आज मिति विक्रम संवत् २०८२ असार ०३ गते, मंगलवार, अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ जुन १७ तारिख । शक संवत् १९४७, नेपाल संवत् ११४५ तछलागा, संवत्सर सिद्धार्थी, सूर्य उत्तरायण, ऋतु ग्रीष्म। आषाढ कृष्णपक्ष षष्ठी दिउँसो १२:१७ बजेसम्म, त्यसपछि सप्तमी लाग्नेछ ।
नक्षत्र शतभिषा राति ११:०३ बजेसम्म, त्यसपछि पूर्वभाद्रपदा। योग विष्कम्भ बिहान ८:३१ बजेसम्म, त्यसपछि प्रीति। करण वणिज दिउँसो १२:१७ बजेसम्म, त्यसपछि भद्रा राति ११:३० बजेसम्म, त्यसपछि बव । चन्द्रमा कुम्भ राशिमा रहेका छन्। आज आनन्दादि योग अनुसार मृत्यु योग रहेको छ। दिनमान १३ घण्टा ५० मिनेट रहेको छ । सूर्योदय बिहान ५:१० बजे र सूर्यास्त साँझ ७:०० बजे हुनेछ। विशेष: भद्राकाल दिउँसो १२:१७ देखि राति ११:३० बजेसम्म रहेको छ, त्रिपुष्कर योग राति ११:०३ बजेदेखि प्रारम्भ हुनेछ, पञ्चक जारी रहेको छ।
सुरु गरौं आजको राशिफल
मेष – आर्थिक अवसरहरु बढ्नेछ । लगानी राम्रो हुनेछ, तर सोच-विचार गरेर निर्णय लिनुहोस्। पार्टनरसँग सरसल्लाह गरेर अघि बड्नु होस् प्रेम जीवनमा मिठास र स्वास्थ्यमा सुधार आउने छ।
वृष – व्यापार र रोजगारीमा सफलता मिल्नेछ । कानुनी विषयमा भने सावधानी अपनाउनुहोस् । शुभ समाचार पक्कै पनि आउने छ । परिवारमा खुशी छाउनेछ ।
मिथुन – यात्राको सम्भावन रहेको छ । पदोन्नति हुने योग छ। नयाँ अवसरको ढोका खुल्नेछ, तर आर्थिक निर्णय सोचेर गर्नुपर्छ । परिवारसँग भने मतभिन्नता रहनेछ । सन्तानको प्रगति देखिन्छ।
कर्कट – आत्मविश्वास बढ्नेछ । लगानी नगर्नुहोस,समय तपाईंको पक्षमा छ , आर्थिक बचतमा ध्यान दिनुहोस्। जीवनसाथीसँग राम्रो समय बित्नेछ। आँखा मा भनेकेही समस्या आउन सक्छ ।
सिंह – काममा प्रशंसा पाइनेछ। व्यापारमा लाभ हुने छ, तर ठूला निर्णय लिनु अगाडि सुर्यको दर्शन गर्नुस , केही थकान हुनसक्छ, स्वास्थमा सुधार आउने छ ,प्रेम जीवन सन्तुलित रहनेछ ।
कन्या – सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा समस्या आउन सक्छ, अनावश्यक विवादबाट टाढा रहनुहोस्। शान्त रहनु नै लाभदायक हुनेछ । आफन्त टाढा हुन खोज्छ्न उनी हरु को पछि नलाग्नुस।
तुला – नयाँ अवसर हात लाग्नेछ। प्रेम जीवनमा सुधार हुनेछ साथिभाइ तपाईं को पक्षमा लाग्ने छ्न । आर्थिक लाभको राम्रो सम्भावना रहेको छ। सन्तानको पढाइ राम्रो हुनेछ।
वृश्चिक – परिवारसँग समय बिताउनुहोस्। व्यापार र रोजगारीमा मन्दी आउन सक्छ। साझेदारी काममा सचेत रहनु होस । स्वास्थ्यमा ध्यान दिनुहोस्,
पेट्को समस्याले सताउन सक्छ।।
धनु – यात्रा सुखद रहनेछ धार्मिक यात्रा हुने संकेत छ। कानुनी मामिलामा सफलता मिल्नेछ, कुरा काट्ने हरु प्रशस्त भेट्नु हुन्छ पिर नगर्नुस । तर खर्च भने बढ्नेछ। सन्तानको सफलता देखिनेछ।
मकर – सकारात्मक समय आएको छ। धन आगमन राम्रो छ, लगानी सोचेर गर्नुहोस् प्रतिफल मीठो पाउनु हुनेछ। प्रेम र दाम्पत्य जीवन सुखी रहनेछ।
कुम्भ – नयाँ अवसरहरू खुल्नेछन्। स्वास्थ्य राम्रो रहला, व्यापारमा भने केही मन्दी आउन सक्छ। आत्मविश्वासका साथ अगाडी बढनुहोस्आज को दिन सुखमय बित्ने छ।
मीन – रचनात्मक सोच बढ्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ, तर आर्थिक मामिलामा सतर्कता अपनाउनुहोस्। सकारात्मक सोच राख्नुहोस्।







प्रतिक्रिया