सेयर कारोबार निरन्तर बढ्दै, होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण


काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४० अंकले बढेर २६५९.२६ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन आइतबार पनि नेप्सेमा सामान्य सुधार देखिएको थियो । नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने उल्लेख्य बढेको छ ।

सोमबार नेप्सेमा कुल १३ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ११ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको घटेको छ ।

आज पियोर इनर्जी र पिपुल्स पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा होटल तथा पर्यटन समूहमा सर्वाधिक आकर्षण देखिएको छ । यस समूहको सेयर मूल्य ४.४७ प्रतिशतले बढेको छ ।