
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले माबिलुङ्ग इनर्जी लिमिटेडलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन अनुमति पाएको छ ।
कम्पनीको बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इक्रा नेपालले रेटिङ गरेको यस कम्पनीले बी–प्लस रेटिङ पाएको छ ।










प्रतिक्रिया