सिद्धार्थ इन्टरनेशनल होटलले ९ महिनामा गर्‍यो २६ करोडको व्यापार

938
Shares

काठमाडौं । सिद्धार्थ इन्टरनेशनल होटलले चालु आर्थिक वर्षको ९ महिनामा करिब २६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा २५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

होटलले सन् २०२४ मा २१ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ७ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा २ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१४ मा स्थापना भएको पाँच तारे होटल सन् २०२४ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेका छन् । भैरहवामा सिद्धार्थ भिलासा र काठमाडौंको बौद्धमा सिद्धार्थ बुटिक ब्रान्डमा सञ्चालन भइरहेको छ । उक्त दुई होटलमा १३१ कोठाको सुविधा छ ।

होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २६ करोड ९१ लाख रुपैयाँको रेटिङ गराएको छ । होटलले दीर्घकालीन कर्जाका लागि १ अर्ब २५ करोड ८७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करो्ड ४ लाख रुपैयाँको रेटिङ गराएको छ ।

काठमाडौंको बौद्धमा रहेको सिद्धार्थ बुटिक होटल सन् २०२१ देखि सञ्चालनमा आएको थियो भने भैरहवाको होटल भने सन् २०२४ देखि पूर्ण सञ्चालनमा आएको थियो ।

होटलको अध्यक्ष चिन्तामणि न्यौपाने हुन् । उनी सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन्। ग्रुपले विभिन्न १४ वटा चेन होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ भने ५ वटाको व्यवस्थापन गर्दै आएको छ । साथै, ग्रुपले ९ वटा रेष्टुरेन्ट र क्याफे विभिन्न शहरमा सञ्चालन गर्दै आएको छ ।

होटलको काठमाडौं, चितवन, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, कैलाली, झापा, विराटनगर, महेन्द्रनगर, कपिलवस्तु र लमहीमा रेष्टुरेन्ट तथा क्याफे सञ्चालन गर्दै आएको छ ।