
अमेरिकाको बोस्टनमा रहेको लोगन विमानस्थलमा जेटब्लूको एक विमान धावनमार्गबाट चिप्लेर घाँसेमैदानमा पुगी रोकिएको त्यहाँका सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
अमेरिकी समयअनुसार बिहीवार बिहान घटना भएको हो । घटनामा सबै यात्रु सकुशल रहेको बताइएको छ ।
यात्रुहरूलाई विमानबाट बाहिर ल्याएर नजिकैको टर्मिनलमा लगिएको थियो ।
उक्त घटनालगत्तै अमेरिकाको संघीय उड्डयन प्राधिकरणले लोगन विमानस्थलमा सबै उडान रोकेको भए पनि पछि त्यसलाई खुलाएको थियो ।
विमान शिकागोको ओहेयर अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीवार बिहान ८ः४१ मा उडेर लोगन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको थियो ।
जेटब्लू एयरलाइन्सले घटनाको पूर्ण छानबिन गर्ने जनाएको छ ।
अवतरणका क्रममा उक्त विमानका ब्रेकहरू जाम भएको हुन सक्ने उड्डयनविज्ञहरूले अनुमान गरेका छन् ।








प्रतिक्रिया