इजरायलले इरानमाथि आक्रमण गरेपछि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

854
Shares


इजरायलले शुक्रवार इरानमाथि हवाई आक्रमण गरी इरानको प्रधानसेनापतिको हत्या गरेपछि तेलको मूल्य बढेको छ ।

ब्रेन्ट क्रुड १३ प्रतिशत बढेर ७६ डलर प्रतिब्यारलसम्म पुगेको छ । यो ३ वर्षयताकै सबभन्दा ठूलो इन्ट्राडे गेन हो । सन् २०२२ को मार्च महिनामा युक्रेन युद्ध आरम्भ भएलगत्तै यसैगरी एकदिनमै तेलको भाउ ह्‌वात्तै बढेको थियो ।

तेलसँगै सुनको भाउ पनि १.७ प्रतिशतले बढेको छ । त्यसैगरी अमेरिकी डलरको भाउ पनि बढेको छ जबकि बिहीवार मात्र डलरको भाउ तीन वर्षयता नै सबभन्दा धेरै घटेको थियो ।

इरानले इजरायलका विरुद्ध कठोर र निर्णायक जवाफी आक्रमण गर्ने चेतावनी दिएपछि तेलको मूल्य बढेको हो ।

इरानले प्रतिदिन १६ लाख ब्यारल तेल उत्पादन गर्छ । इजरायल र इरानबीच युद्ध चर्किएमा होर्मुज जलसंयोजकलाई इरानले बन्द गर्न सक्ने सम्भावना रहेकाले विश्व बजारमा चिन्ता छाएको छ ।