
काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१५ अंकले घटेर २६५७.३२ विन्दुमा सीमित भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से १३.६९ अंकले घटेको थियो । तर, मंगलबार नेप्से २५ अंकले बढेको थियो भने सोमबार २३ अंकले उकालो लागेको थियो ।
नेप्से घटेपनि कारोबार भने फागुन यताकै उच्च भएको छ । आज नेप्सेमा कुल १२ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि २०८१ फागुन २० गते नेप्सेमा कुल १२ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको घटेको छ ।








प्रतिक्रिया