न्यूरोडका सुन पसल बन्द गरेर किन बिरोधमा उत्रिए व्यवसायी ?

196
Shares

काठमाडौं । सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका हुन् ।

सरकारले सुनमा लगाएको विलासी कर तथा हिरामा लगाएको १३ प्रतिशत भ्याट हटाउन उनीहरुको माग छ । सटर बन्द गरेर व्यवसायीहरुले बिरोधको नारा लेखिएको व्यानर टाँगेका छन् ।