बृहस्पति अस्त हुँदा के गर्न हुन्छ के हुँदैन ? यस्तो छ आजको राशिफल

238
Shares

गुरु ग्रह अर्थात् बृहस्पति वैदिक ज्योतिष अनुसार धर्म, ज्ञान, नीति, विवाह, शिक्षा, दीक्षा, सन्तान र संस्कारका मुख्य प्रतिनिधि हुन्। जब गुरु सूर्यको अति नजिक पुगेर पृथ्वीबाट अदृश्य हुन्छन्, त्यो समयलाई गुरु अस्त भनिन्छ। खगोलशास्त्र अनुसार जब कुनै ग्रह सूर्यको १६ डिग्री भित्र पुग्छ, त्यो ग्रह अस्त भएको मानिन्छ। यस अवस्थालाई खगोलमा Combustion of Jupiter भनिन्छ।

गुरु अस्त हुँदा बृहस्पतिको तेज सूर्यको तेजमा ओझेल पर्ने भएकाले पृथ्वीबाट देखिँदैन। यस कारण गुरु ग्रहको प्रभाव क्षीण मानिन्छ। वर्षमा एक पटक करिब ३० देखि ४० दिनसम्म गुरु अस्त हुने गर्छ।

गुरु अस्तको समयमा ज्योतिष अनुसार शुभ कार्यहरू गर्नु उचित मानिँदैन। विशेषगरी विवाह, सगाइ, नामकरण, अन्नप्राशन, उपनयन, गृहप्रवेश, नयाँ व्यवसाय आरम्भ, पुखराज रत्न धारण जस्ता कार्यहरू रोक्नु उपयुक्त हुन्छ। यो कालखण्डमा शुभ कार्यहरू स्थगित गर्न सल्लाह दिइन्छ।

तर, गुरु अस्तको अवधिमा केही कार्यहरू गर्न मिल्छन्। जस्तै, नित्य पूजा, ध्यान, साधना, गुरु मन्त्र जप, गुरुजनको सेवा, पुराना अधुरा कामहरू सम्पन्न गर्नु उचित हुन्छ। गुरु मन्त्र “ॐ बृं बृहस्पतये नमः” जप्नु विशेष फलदायी मानिन्छ। गुरुवारको दिन पहेंलो बस्त्र धारण गर्ने, बेसार, चना वा पहेंलो फलफूल दान गर्ने परम्परा छ।

गुरु अस्त केवल निषेधको समय होइन। यो समयलाई आत्मविश्लेषण, अध्ययन, आध्यात्मिक अभ्यास, शान्त चिन्तन र अनुशासनको कालका रूपमा लिन सकिन्छ। जब बाहिरी गुरु मौन हुन्छन्, त्यतिबेला आन्तरिक गुरुलाई जागृत गर्ने समय हो।

गुरु अस्तले हामीलाई सावधानीपूर्वक सोच्न, कर्म गर्न, बोल्न र बाँच्न सिकाउँछ। शुभ कार्यहरू केही समयका लागि रोकिन सक्छन्, तर ज्ञानको बाटो कहिल्यै बन्द हुँदैन। त्यसैले गुरु अस्तलाई रोकटोक होइन, गहिरो तयारीको समय मानी जीवनमा विवेकसहित अगाडि बढ्नु बुद्धिमानी हुन्छ।

अब सुरु गरौं आजको पञ्चाङ्गः

आज मिति विक्रम संवत् २०८२ जेठ २९ गते, बिहीबार
अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ जुन १२ तारिख,
शक संवत् १९४७, नेपाल संवत् ११४५ तछलागा,
संवत्सर सिद्धार्थी, सूर्य उत्तरायण, ऋतु ग्रीष्म।
आषाढ कृष्णपक्ष प्रतिपदा दिउँसो १३:५४ बजेसम्म, त्यसपछि द्वितिया लाग्नेछ।
नक्षत्र मूल राति २१:५६ बजेसम्म, त्यसपछि पूर्वाषाढा।
योग शुभ दिउँसो १४:३७ बजेसम्म, त्यसपछि शुक्ल।
करण कौलव दिउँसो १३:५४ बजेसम्म, त्यसपछि तैतिल, राति ०२:१८ बजेसम्म, त्यसपछि गर।
आनन्दादि योग अनुसार आज धुम्र रहेको छ।
चन्द्रमा धनु राशिमा रहेका छन्।
आज सूर्योदय बिहान ५:०९ मा हुनेछ भने, सूर्यास्त साँझ १८:५८ मा हुनेछ।
विशेष: गुरु (बृहस्पति) साँझ १७:०७ बजे पश्चिम दिशामा अस्त हुनेछन्।

अब सुरुगरौ आजको आर्थिक राशिफल।

मेष

लगानीका लागि शिक्षा, गाडी खरिद, सुनचाँदी, र धार्मिक कार्य लाभदायक देखिन्छ भने ऋण कारोबार, ठूला साझेदारी उधोग , घर जग्गा , ढुङ्गा ,माटो जस्ता क्षेत्रमा लगानी गर्दा सचेत हुनु पर्ने देखिन्छ। सेयर बजारमा बैंकिङ र ऊर्जा क्षेत्र सुधारोन्मुख देखिए पनि दूरसञ्चार क्षेत्र अस्थिर रहन सक्छ। सुनचाँदी स्थिर रहने सम्भावना छ । स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ, । पूर्व दिशा शुभ रहनेछ, पश्चिम दिशामा सतर्क रहनुहोस्। पहेँलो रङ लाभदायक देखिन्छ, कालो टाढा राख्नुहोस्। शुभ अंक ५, अशुभ अंक ८ रहनेछ।

बृष

लगानीका लागि जग्गा, कृषि, र सुनचाँदी लाभदायक देखिन्छ भने ऋण कारोबार, सट्टाबाजी, र विलासी सामानमा खर्च गर्दा हानि हुन सक्छ। सेयर बजारमा बैंकिङ र निर्माण क्षेत्र राम्रो देखिए पनि सूचना प्रविधि क्षेत्रमा उतारचढाव रहन सक्छ। पारिवारिक खर्चमा वृद्धिको संकेत छ, बचतको योजना बनाएर चल्नुपर्छ। स्वास्थ्यमा घुँडा वा जोर्नीको समस्या देखिन सक्छ, उत्तर दिशा शुभ रहनेछ, दक्षिण दिशामा सतर्क रहनुहोस्। हरियो रङ लाभदायक, नीलो रङबाट टाढा रहनुस । शुभ अंक ६, अशुभ अंक ९ रहनेछ।

मिथुन

लगानीका लागि शिक्षा, पर्यटन, सञ्चार, र पुस्तक व्यवसाय लाभदायक देखिन्छ भने अदालतसम्बन्धी काम, र अनावश्यक विलासितामा खर्च गर्दा नोक्सान हुन सक्छ। सेयर बजारमा सूचना प्रविधि र ऊर्जा क्षेत्रमा सुधार आउने देखिन्छ, तर बैंकिङ क्षेत्रमा उतारचढाव रहन सक्छ। डलरको भाउमा हल्का गिरावट आउन सक्छ, सुनचाँदीको मूल्य सामान्य रहन सक्छ। । स्वास्थ्यमा नसासम्बन्धी समस्या देखिन सक्छ, पर्याप्त आराम लिनुहोस्। पश्चिम दिशा लाभदायक, उत्तर दिशामा सतर्कता अपनाउनुहोस्। पहेँलो रङ शुभ, रातो रङ टाढा राख्नुहोस्। शुभ अंक ७, अशुभ अंक २ रहनेछ

कर्कट

लगानीका लागि घरजग्गा, कृषि, दूध तथा दुग्धजन्य पदार्थ, र परिवारसम्बन्धी व्यवसाय लाभदायक देखिन्छ भने ठूला व्यापारिक साझेदारी, ऋण कारोबार, र विलासितामा खर्च गर्दा हानि हुन सक्छ। सेयर बजारमा बैंकिङ र खाद्य उद्योग क्षेत्र राम्रो देखिए पनि निर्माण क्षेत्र र रियलस्टेटमा उतारचढाव रहन सक्छ। पारिवारिक खर्च बढ्न सक्छ, तर योजनाबद्ध बचत गर्दा आर्थिक सन्तुलन रहन्छ। स्वास्थ्यमा पेट वा छालासम्बन्धी समस्या देखिन सक्छ। । उत्तर दिशा शुभ रहनेछ, पश्चिम दिशामा सतर्क रहनुहोस्। सेतो रङ शुभ, कालो टाढा राख्नुहोस्। शुभ अंक दुई, अशुभ अंक सात रहनेछ।

सिंह

लगानीका लागि शिक्षा, सरकारी काम, सवारीसाधन , सुनचाँदी, र रियल स्टेट लाभदायक देखिन्छ भने ऋण कारोबार, सट्टाबाजी, र विलासितामा खर्च गर्दा नोक्सान हुन सक्छ। सेयर बजारमा ऊर्जा र औद्योगिक क्षेत्र सुधारोन्मुख देखिए पनि बैंकिङ क्षेत्रमा उतारचढाव रहन सक्छ। पारिवारिक खर्च सामान्य भए पनि घरायसी आवश्यकतामा केही बढ्न सक्छ, बचतलाई प्राथमिकता दिनुहोस्। स्वास्थ्यमा रक्तचापसम्बन्धी समस्या देखिन सक्छ, पूर्व दिशा शुभ, दक्षिण दिशामा सतर्कता अपनाउनुहोस्। सुन्तला रङ लाभदायक, हरियो टाढा राख्नुहोस्। शुभ अंक १, अशुभ अंक ९ रहनेछ।

कन्या

लगानीका लागि स्वास्थ्य, लेखन, पुस्तक प्रकाशन, औषधि, र शिक्षा क्षेत्र लाभदायक देखिन्छ भने ठूला साझेदारी, विलासिता, र अनावश्यक यात्रामा खर्च गर्दा हानि हुन सक्छ। सेयर बजारमा औषधि र सूचना प्रविधि क्षेत्र राम्रो देखिए पनि निर्माण क्षेत्रमा उतारचढाव रहन सक्छ। पारिवारिक खर्च बढ्न सक्छ, विशेष गरी स्वास्थ्य र आवश्यकताका कारण। स्वास्थ्यमा पेट वा स्नायु सम्बन्धी समस्या देखिन सक्छ,। पश्चिम दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। हरियो रङ शुभ, रातो टाढा राख्नुहोस्। शुभ अंक ५, अशुभ अंक ८ रहनेछ।।

तुला

लगानीका लागि व्यापार, कला, संगीत, र कानुनी परामर्श लाभदायक देखिन्छ भने ठुला साझेदारी, विलासिता, ऋण कारोबारमा खर्च गर्दा हानि हुन सक्छ। सेयर बजारमा बैंकिङ र सेवा क्षेत्र सुधारोन्मुख देखिए पनि ऊर्जा क्षेत्रमा उतारचढाव रहन सक्छ। पारिवारिक खर्चमा वृद्धि हुन सक्छ, बचतको योजना बनाएर चल्नु राम्रो हुनेछ। स्वास्थ्यमा छालासम्बन्धी समस्या देखिन सक्छ, । पश्चिम दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। गुलाबी रङ लाभदायक, खैरो टाढा राख्नुहोस्। शुभ अंक ६, अशुभ अंक ८ रहनेछ। ।

वृश्चिक

लगानीका लागि जलसम्बन्धी व्यवसाय, अनुसन्धान, उर्जा , औषधि, र रियल स्टेट लाभदायक देखिन्छ भने सट्टाबाजी। सेयर बजारमा औषधि र सूचना प्रविधि क्षेत्रमा सुधार देखिए पनि दूरसञ्चार क्षेत्रमा उतारचढाव रहनेछ। पारिवारिक खर्च सामान्य भए पनि आकस्मिक खर्च हुन सक्छ,। स्वास्थ्यमा रक्तचाप वा तनावसम्बन्धी समस्या देखिन सक्छ, ध्यान दिनुहोस्। दक्षिण दिशा शुभ, पूर्व दिशामा सतर्क रहनुहोस्। रातो रङ शुभ, नीलो टाढा राख्नुहोस्। शुभ अंक ९, अशुभ अंक २ रहनेछ।

धनु

लगानीका लागि शिक्षा, यात्रा, आध्यात्मिक कार्य, र कार्गो कुरियर लाभदायक देखिन्छ भने ऋण कारोबार, उर्जा , र अनावश्यक यात्रामा खर्च हुन सक्छ। सेयर बजारमा पर्यटन र बैंकिङ क्षेत्र सुधारोन्मुख देखिए पनि ऊर्जा क्षेत्रमा उतारचढाव रहनेछ। स्वास्थ्यमा पेट वा नसासम्बन्धी समस्या देखिन सक्छ, । पूर्व दिशा शुभ, पश्चिम दिशामा सतर्क रहनुहोस्। पहेँलो रङ लाभदायक, कालो टाढा राख्नुहोस्। शुभ अंक ३, अशुभ अंक ७ रहनेछ।

मकर

लगानीका लागि घरजग्गा, सरकारी काम, खनिज पदार्थ, र उद्योगधन्दा लाभदायक देखिन्छ भने ठूला साझेदारी, सट्टाबाजी, र विलासितामा खर्च गर्दा हानि हुन सक्छ। सेयर बजारमा बैंकिङ र रियल स्टेट क्षेत्रमा सुधार देखिए पनि सूचना प्रविधि क्षेत्रमा उतारचढाव रहनेछ। पारिवारिक खर्च सामान्य भए पनि परिवारमा कुनै महत्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ, सोचविचार गरेर अघि बढ्नुहोस्। स्वास्थ्यमा हड्डी वा जोर्नीसम्बन्धी समस्या देखिन सक्छ, शरीरको हेरचाह गर्नुहोस्। दक्षिण दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। नीलो रङ शुभ, पहेँलो टाढा राख्नुहोस्। शुभ अंक आठ, अशुभ अंक पाँच रहनेछ।

कुम्भ

लगानीका लागि औषधि, अनुसन्धान, विज्ञान, र शिक्षा क्षेत्र लाभदायक देखिन्छ भने सट्टाबाजी, अनावश्यक खर्च, र जलस्रोत क्षेत्रमा लगानी शुभ देखिदैन। सेयर बजारमा औषधि र सूचना प्रविधि क्षेत्र सुधारोन्मुख देखिए पनि बैंकिङ क्षेत्र उतारचढावमा रहन सक्छ। योजना बनाएर बचत गर्ने हो भने आर्थिक सन्तुलन कायम राख्न सकिन्छ। स्वास्थ्यमा मानसिक तनाव वा निद्रासम्बन्धी समस्या देखिन सक्छ। पश्चिम दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। हरियो रङ लाभदायक, रातो टाढा राख्नुहोस्। शुभ अंक ३, अशुभ अंक ६ रहनेछ।

मीन

लगानीका लागि कला, संगीत, पर्यटन, र धार्मिक कार्य लाभदायक देखिन्छ भने अनावश्यक खर्च, सट्टाबाजी, र ठूला साझेदारीमा लगानी गर्दा घाटा हुन सक्छ। सेयर बजारमा कला र पर्यटन क्षेत्र राम्रो देखिए पनि ऊर्जा क्षेत्रमा उतारचढाव रहन सक्छ, तर आकस्मिक खर्च हुनसक्छ तयारी गर्नुपर्छ। स्वास्थ्यमा रक्तचाप र मानसिक तनावसम्बन्धी समस्या देखिन सक्छ,। उत्तर दिशा शुभ, दक्षिण दिशामा सतर्क रहनुहोस्। सुन्तला रङ लाभदायक, नीलो टाढा राख्नुहोस्। शुभ अंक पाँच, अशुभ अंक दुई रहनेछ।

जीवनमा सुख-समृद्धि बढिरहोस्, मन शान्त रहोस र तपाईंका सबै कार्यहरू मंगलमय बनुन्। पुनः भेट हुनेछ भोलिको राशिफलमा, तबसम्म स्वास्थ, सुरक्षित र शुभ रहनुहोस्! क्लिकमाण्डु डट कम हेर्दै गर्नुहोला लाइक कमेट सस्क्राइब गर्नुहोला तपाईं हरुको सुझाव र प्रतिक्रियाले हामीलाई अगाडि बढ्न मद्दत गर्नेछ। शुभदिन, नमस्कार।