जस्मिन पेन्ट्सले ९ महिनामा गर्‍यो ६३ करोड ८० लाखको कारोबार

84
Shares

काठमाडौं । जस्मिन पेन्ट्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२४ मा ६७ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ६२ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ७४ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा ६५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको कम्पनीले इन्टेरियर, एक्सटेरियर, मेटल वुड र वाटरप्रुफ पेन्ट्सको व्यापार गर्दै आएको छ । कम्पनीले वार्षिक १९ हजार ३ सय २७ मेट्रिकटन उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

मधुसुधन अर्यालको ३६ प्रतिशत, लक्ष्मणप्रसाद अर्याल २३ प्रतिशत, अनराधा शर्मा अर्यालको १५ प्रतिशत, सौगात अर्यालको १३ प्रतिशत र संगिता अर्यालको १० प्रतिशत स्वामित्व रहेको कम्पनी चितवनको भरतपुरमा रहेको छ ।

नेपालमा सन् १९९४ देखि निरन्तर कारोबार गर्दै आएको कम्पनीले पेन्ट्स उत्पादन गरी बिक्री वितरणमा संलग्न छ ।

कम्पनीअनुसार पछिल्लो समय व्यापारमा वृद्धि भइरहेको जनाएको छ । सन् २०२४ मा ९ प्रतिशतले बढेको व्यापार सन् २०२५ को ९ महिनाको अवधिमा २६ प्रतिशतले बढेको उल्लेख गरेको छ ।