२६ अंकले बढ्दै नेप्से २६७९ विन्दुमा, १० अर्बको कारोबार हुँदा फाइनान्स समूहमा चमक

70
Shares

काठमाडौं । सेयर बजारमा २६.२४ अंकको वृद्धि भएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२४ अंकले बढेर २६७९.३४ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन आइतबार भने नेप्से २३.१९ अंकले बढेर २६५३ विन्दुमा पुगेको थियो । त्यसअघिका चार कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।

आइतबार नेप्से ११ अंकले घटेर २६२९ विन्दुमा कायम भएको थियो । गत साताको मंगलबार नेप्से ३५.७३ अंक, बुधबार ११.९७ अंक र बिहीबार ५.९९ अंकले घटेको थियो ।

मंगलबार नेप्सेमा कुल १० अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएकामध्ये १९६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ ।

मंगलबार पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा फाइनान्स समूहमा ५ प्रतिशतको वृद्धि भएको छ ।

मंगलबार बैंकिङ समूहमा १.११ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.६४ प्रतिशत, जीवन बिमा समूहमा १.०१ प्रतिशत र निर्जीवन बिमा समूहमा १.३४ प्रतिशतको सुधार आएको छ ।