वित्तीय अनुशासन कायम गर्नुपर्छ : उपाध्याय

21
Shares

काठमाडौं । सिविफिनको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले वित्तीय अनुशासन कायम गर्नुपर्ने सुझाव दिएका छन् ।

क्लिकमान्डु डटकमले मंगलबार आयोजना गरेको मौद्रिक नीति डिस्कसन कार्यक्रमलाई सम्बोधन गर्दै उनल डिमाण्डमा आधारित आगामी मौद्रिक नीति ल्याउनुपर्ने बताए ।

उनले व्याजदरको बिषयमा प्रस्ट धारणा नआउँदा ३ सय अर्ब जनताको हातमा पर्नुपर्ने व्याज कम भएको औल्याए ।

उद्योग कलकारखाना पूर्ण क्षमतामा सञ्चालनमा आउन नपाउँदा बजारको अवस्था निक्कै दयनिय भएको भन्दै उनले भारतको तुलनामा नेपालमा शतप्रतिशत प्रोभिजन हुँदा समस्या आएको बताए ।

व्याजदर तल रह्यो भने पुँजी पलायन हुन सक्ने संकेत गर्दै उनले सबै क्षेत्रसँग छलफल गरी मौद्रिक नीति आउनु पर्ने जानकारी दिए ।