जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पायो हकप्रद सेयर निष्कासन अनुमति

329
Shares

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई १ः०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन अनुमति दिएको हो ।

कम्पनीले १०० रुपैयाँ कित्ताका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन अनुमति पाएको हो ।

केयर रेटिङ नेपाल लिमिटेडले रेटिङ गरेको यस कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड रहेको छ ।