
काठमाडौं । यति एयरलायन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाको लगानीमा रहेको मुस्ताङ माउन्टेन होम लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ७ करोड बढीको व्यापार गरेको छ । रिसोर्टले सन् २०२५ को ६ महिनाको अवधिमा ७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।
रिसोर्टले सन् २०२४ मा ७ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१४ मा स्थापना भएको रिसोर्ट सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो ।
मुस्ताङ जिल्लाको मार्फामा रहेको लक्जरियस रिसोर्ट ३५ हजार १ सय ३ स्क्वायरफिट क्षेत्रफलमा फैलिएको छ । रिसोर्टमा २९ वटा सुइट रुमको सुविधा छ । रिसोर्ट सन् २०२३ को डिसेम्बरबाट शिन्तामनी मुस्ताङ नाममा सञ्चालनमा ल्याएको थियो ।
विभिन्न सुविधासहित निर्माण भएको रिसोर्टमा १ अर्ब १६ करोड ८० लाख रुपैयाँ लगानी भएको छ । कम्पनीले ब्यांककको ब्रान्ड शिन्तामनी फ्रनचाइज भित्र्याइएको हो । उक्त अन्तर्राष्ट्रिय ब्रान्ड शिन्ता मनीले नेपालसहित अन्य विभिन्न देशमा पनि सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया