
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डलाई पुँजी बजारमा नयाँ उपकरण ल्याउन आग्रह गरेका छन् ।
आइतबार बोर्डको ३३ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले सबै लगानीकर्ताका लागि ढुक्क भएर कारोबार गर्ने वातावरण बनाउनका लागि पुँजी बजारमा नयाँ उपकरण ल्याउन सुझाव दिएका हुन् ।
‘सेबोनले इन्साइडर ट्रेडिङलाई रोक्न सक्नुपर्दछ । पुँजी बजारका सन्दर्भमा हुने विभिन्न टीका टिप्पणी, इन्साइडर ट्रेडिङ तथा अपारदर्शी काम रोकमा मात्रै यस क्षेत्रको विकास र विस्तार हुन्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘यसका अलावा बोर्डले विभिन्न नीतिगत प्रक्रियामा पनि पारदर्शीता अपनाउन सक्नुपर्दछ ।’
कार्यक्रममा पौडेलले पुँजी बजारलाई सरकारले प्राथमिकतामा राखेर बजेट ल्याएको पनि बताए ।
‘धितोपत्र बोर्ड कुनै प्रभाव र दबाबमा पर्नुहुँदैन । सोही अनुसार बोर्डले काम अगाडि बढाउछ भन्ने अपेक्षा छ, उनले भने, ‘ बोर्ड इन्साइडर ट्रेडिङको विरुद्ध हुनुपर्छ । साथै, लगानीकर्तालाई लगानीको सचेतना प्रदान गर्नुपर्छ ।’ उनले कसैको प्रभावमा प्रभावमा नपरेर स्वतन्त्र रुपमा काम गर्न अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई सुझाव दिए ।
प्रतिक्रिया