शनिबार: कुन राशिलाई कस्तो छ दिन ?

315
Shares

ज्योतिष ग्रह, नक्षत्र र राशिहरूसँगको सम्बन्ध अध्ययन गरेर व्यक्तिको भविष्य, स्वभाव र जीवनको घटनाहरूको भविष्यवाणी गर्नका लागि आधारित छ। यो शास्त्र व्यक्ति विशेषका जन्मकुण्डली र ग्रहहरूको स्थिति द्वारा दिशा निर्देशन दिन्छ। निर्जला एकादशी वर्षभरिका २४–२५ एकादशीहरूमध्ये सबैभन्दा कठोर र फलदायी मानिने एकादशी हो। यो ज्येष्ठ शुक्ल पक्षको एकादशीका दिन मनाइन्छ र “भीम एकादशी” वा “भीमसेनी एकादशी” भनेर पनि चिनिन्छ।

 महत्त्व

– अन्य सबै एकादशी व्रतहरूमा जल ग्रहण गर्न पाइन्छ तर यस दिन जल समेत नखाइ व्रत बस्ने चलन छ, त्यसैले यसलाई निर्जला (अर्थात् बिना पानीको) एकादशी भनिएको हो।

– शास्त्रअनुसार, यदि कसैले वर्षभरका सबै एकादशी व्रत गर्न सक्दैन भने केवल यही निर्जला एकादशीको व्रत गरे पनि वर्षभरको फल प्राप्त हुन्छ।

– यो दिन व्रत गरी भगवान् विष्णुको पूजा-आराधना गर्दा समस्त पापहरूको क्षय हुन्छ र मोक्षको प्राप्ति हुने विश्वास गरिन्छ।

– मृतक पितृका नाममा व्रत गर्दा उनीहरूलाई शान्ति मिल्ने बताइन्छ।

 महिमा

– भीमसेनले अन्य एकादशीहरूमा उपवास गर्न सक्दैनथे, त्यसैले उनले महर्षि व्यासजीलाई समाधान माग्दा व्यासजीले यो निर्जला एकादशी व्रत गरे मात्र सबै एकादशीको फल प्राप्त हुने बताए, त्यसैपछि यो व्रत लोकप्रिय भयो।

– पवित्र गङ्गा स्नान, तुलसी सेवा, दान–पुण्य, अन्न, वस्त्र र जलदान गर्नाले अपार पुण्य मिल्ने शास्त्रीय वर्णन छ।

– ब्राह्मण, गरीब र जरुरतमन्दहरूलाई शुद्ध जल, फलफूल, गाईको दुध, जौ, चामल आदिको दान गर्नु यस दिन विशेष फलदायी हुन्छ।

– व्रतधारीले दिनभर भजन, कीर्तन, विष्णु सहस्त्रनाम वा गीता पाठ गरेमा जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास गरिन्छ।

 के गर्नु उपयुक्त हुन्छ?

– बिहान पवित्र स्नान गरी व्रतको संकल्प गर्ने।

– दिनभर निराहार र निर्जल रही भगवान् विष्णुको उपासना गर्ने।

– बेलुका तुलसी दल अर्पणसहित विष्णु पूजा गरी आरती, दीपदान गर्ने।

– द्वादशीका दिन ब्राह्मण वा असहायलाई भोजन गराएर व्रत पारण गर्ने।

आज मिति: विक्रम संवत् २०८२ साल जेठ २४ गते, शनिबार। इ.स. २०२५ जुन ७, शक संवत् १९४७, नेपाल संवत् ११४५ तछलाथ्व, सिद्धार्थी संवत्सर, सूर्य उत्तरायण, ग्रीष्म ऋतु, आज ज्येष्ठ शुक्लपक्षको एकादशी तिथि बिहान ५:२३ बजेसम्म, त्यसपछि द्वादशी, चित्रा नक्षत्र बिहान १०:३७ बजेसम्म, त्यसपछि स्वाती, वरियान् योग दिउँसो १२:३७ बजेसम्म, त्यसपछि परिघ, करण भद्रा बिहान ५:२३ बजेसम्म, त्यसपछि वव र साँझ ६:२२ बजेदेखि वालव, चन्द्रमा तुला राशिमा, आनन्दादि योग अनुसार काण योग, दिनमान १३:४६, सूर्योदय ५:१० मा र सूर्यास्त १८:५६ मा, विशेष: आज बिहान ५:२३ बजेसम्म भद्रा, ५:२३ देखि १०:३७ बजेसम्म द्विपुष्कर योग, निर्जला एकादशी व्रत तथा तुलसीको बीउ (दल) राख्ने विशेष धार्मिक दिन।

मेष

आज मेष राशी हुनेहरुले फर्निचर्को सामाग्री , बिद्धुतिय सामाग्री,सुनचाँदीको महुमुल्य गरगहना वा मिठाइ किन्नु शुभ हुनेछ। परम्परागत वस्तु मन परे माटोका भाँडा  ढिक्की, जाँतो ,ओखल , राडी तथा बाँसकाे संग्रह राम्रो विकल्प हुनेछ। हरियालीयुक्त स्थल घुम्न जाने उत्तम समय हो। आज  आँखा, दाँत र   पिसाव मा समस्या आउने देखिन्छ।

 बृष

आज गहना, माटोका भाँडा, फेसन  सामाग्री किचन ग्याजेट्स , हातमा लगाउने गहना र कृतिम झरना  किन्न उपयुक्त  हुनेछ। जंगल र बन्यजन्तु अवलोकन पार्क पनि घुम्न लाभकारी हुनेछ।

मिथुन

आज मिथुन राशिकालागि  लेपटप, मोबाइल फोन, सस्तो इलेक्ट्रोनिक सामान, र किचन ग्याजेट्स किन्नको लागि शुभ हुनेछ। साथै, परम्परागत वस्तुहरू मन परे भने पानी राख्ने  घडा, काँचका भाँडा, र काठको वस्तुहरू पनि उपयुक्त हुनेछन्।

कर्कट

आज पानीका  फाउन्टेन , आकर्षक  लताकपडा र किचन ग्याजेट्स किन्नको लागि शुभ हुनेछ। साथै, माटोका भाँडा, काँचका कप  र संग्रहणीय पुराना वस्तुहरू पनि राम्रो विकल्प हुनेछ। स्मारक स्थलहरू, सांस्कृतिक स्थानहरू र  ऐतिहासिक महत्व राख्ने स्थानहरू घुम्न जानको  उत्तम समय रहेको छ।

सिंह

आज सुनचाँदीका गहना, पढ्नको लागि पुस्तक, जिम ग्याजेट्स, र आधुनिक इलेक्ट्रोनिक सामान किन्ने दिन शुभ हुनेछ। स्मार्टफोन र राम्रा  फेसनका सामान पनि उपयुक्त विकल्प हुनेछ।पर्वत क्षेत्र, शपिङ ग्यालरी वा फिल्म हब जस्ता स्थान घुम्न जान उत्तम समय हो।

कन्या

आज व्यावासिक पुस्तक, फ्रीज, राम्रो ग्यास चुलो , चाँदीको गहना किन्न  उपयुक्त रहेको छ ।  कृषि क्षेत्र, फार्म हाउस र एकान्त प्रेमिल  स्थलहरू घुम्न जाने उत्तम समय हो।

तुला

आज फर्निचर,  गहना, घरेलु सामाग्री,  मोबाइल, पानीको घडा, पित्तल्को  भाँडा किन्न उपयुक्त समय रहेको छ। धार्मिक स्थल , साँस्कृतिक स्थल र पार्क घुम्न जाने उपयुक्त समय हो। नदी किनारा वा एतिहासिक स्थलहरू पनि राम्रो हुनेछ।

बृश्चिक

आज सुनको गहना, ११ मुखी रुद्राक्ष ,  रुद्राछ्को माला, रत्न, गाडी , किन्न  शुभ हुनेछ। तामा वा धातुको  भाँडा किन्न पनि शुभ हुनेछ। आजको दिन हिमाली क्षेत्र, नदी किनारा, र साँस्कृतिक स्थलहरू घुम्न जान उपयुक्त समय हो। जंगल र वन्यजीव पार्क पनि घुम्न लाभकारी हुनेछ।

धनु

आज पढ्नको पुस्तक, लेदर सामान, सनग्लास  र आधुनिक ग्याजेट्स किन्न शुभ रहेकोछ। कानमा लगाउने  गहना, पाउजु,  किचन ग्याजेट्स र राम्राफेसनका कपडा किन्न उपयुक्त विकल्प हुनेछ। आजको दिन पर्वत क्षेत्र, हिमाली क्षेत्रमा घुम्न जान उपयुक्त समय हो। साथै, नदितट र सांस्कृतिक स्थल पनि घुम्न लाभकारी हुनेछ।

मकर

आज गहना,होम ऑटोमेशन डिवाइस, इयरबड्स,पुराना सिक्का, गुन्द्री ,  फेसनको आवस्यक कपडा  किन्नु शुभ छ। साँस्कृतिक स्थलहरू, स्मारक क्षेत्र र पर्वत क्षेत्र घुम्न जाने उत्तम समय हो।

कुम्भ

तेल,  नुन, पूजापाठको सामान,  एक्युरियममा राख्न सकिने माछाहरु  जस्तै: प्लाटी, स्वार्डटेल,गोल्डफिश,बेट्टा रमोल्ली। तेसैगरी फोटो आर्काइव, पुराना  सवारीसाधन किन्नु पनि शुभ छ। आजको दिन साँस्कृतिक स्थल, गुराँस फूल्ने र हिमाली क्षेत्र घुम्न जान उपयुक्त रहेको छ । आज गर्दन, हड्डी, र सांसको समस्या देखा पर्न सक्छ। हल्का योग र ध्यान गर्दा स्वास्थ्यमा लाभ मिल्न सक्छ।

 मीन

आज आयुर्वेदिक औषधि ,  प्राकृतिक  सामान , परम्परागत घडी, पुराना पेन्टिंगहरू किन्न शुभ हुनेछ। तेस्तै रेडियो  र आधुनिक  घरायसी  उपकरण  किन्न पनि शुभ रहेक छ। मठमन्दिर , हिमाली चिसो क्षेत्रहरु,  नदी किनारा र साँस्कृतिक स्थलहरू पनि घुम्न जानू शुभहुनेछ।आज पेट, पाचन समस्याहरू, र सांस सम्बन्धी समस्या देखा पर्न सक्छ।