
काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा जेठ ३० देखि आवेदन दिन सकिने भएको छ ।
पहिलो चरणमा कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो ।
जसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि, ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ ।
प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सूचनामार्फत जनाएको छ ।








प्रतिक्रिया