
काठमाडौं । गोल्छा ग्रुपको हुलास इन्फ्राले चालु आर्थिक वर्षको ९ महिनामा ९५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ६१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
त्यस्तै, कम्पनीले सन् २०२३ मा २६ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ११ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा ३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीअनुसार सन् २०२४ मा व्यापार ५०५ प्रतिशतले बढेको जनाएको छ । साथै, पछिल्लो चार वर्षको तुलनामा गत वर्ष समग्रमा २५५ प्रतिशतले व्यापार बढेको उल्लेख छ । सन् २०२४ मा व्यापार बढ्नको मुख्य कारण एमएस स्ट््रक्चर युनिट रहेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२४ मा १० प्रतिशत खुद नाफा कमाएको छ ।
सन् २०११ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । हुलास इन्फ्रा स्टिल उत्पादन गर्ने सहायक उद्योग हो । कम्पनी शटर पत्ती, हट रोल्ड कोयल र एफजीट्यूब लगायत अन्य सामग्रीको डिजाइन, निर्माणमा संलग्न छ ।
कम्पनीसँग १८ हजार १ सय मेट्रिक टन एमएस युनिट, १२ हजार मेट्रिक टन जीआई युनिट, २ हजार मेट्रिक टन सीजेट पुर्लिन युनिट, १७ हजार ५ सय मेट्रिक टन जीआई पोल र ६ हजार मेट्रिक टन हाइवे सेफगार्ड युनिट उत्पादन गर्ने क्षमता छ ।
चन्द्रकुमार गोल्छाको ८० प्रतिशत र शरद गोल्छा, भरत गोल्छा, अभिज्ञान गोल्छाको ६.६५ प्रतिशतको दरले स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १३ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ६६ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४६ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ ।
प्रतिक्रिया