दरमखोला हाईड्रो इनर्जीले पायो आईपीओ निष्कासन अनुमति

189
Shares

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले दरमखोला हाईड्रो इनर्जीलाई सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले पुँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो ।

यसअघि नै कम्पनीले निष्काशन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।