
सुत्नु अघि पुरुषहरूले गर्न नहुने ६ काम जस्ले निम्त्याउछ गरिबी
मानव जीवन सफल र समृद्ध बनाउनका लागि शारीरिक मात्र होइन, मानसिक र आध्यात्मिक शुद्धता पनि आवश्यक हुन्छ। हिन्दू धर्म र वैदिक शास्त्रहरूले हाम्रो दैनिक व्यवहारमा राम्रा-अशुभ कार्यको महत्व स्पष्ट पार्दै आएका छन्। विशेष गरी रातको समय, जब शरीर र मन आरामको लागि तयारी गर्छ, त्यो बेला गर्ने व्यवहारले भविश्यमा जीवनका सबै पक्षमा गहिरो प्रभाव पार्दछ। यहाँ पुरुषहरूले सुत्नु अघि गर्न नहुने ६ काम र ती कार्यले ल्याउने धार्मिक, स्वास्थ्य र सामाजिक हानिहरू समेटिएका छन्।
१. पत्नी वा परिवारसँग झगडा नगर्नुहोस्
शास्त्र अनुसार, घरमा शान्ति हुनु नै लक्ष्मीको वास हो। “शान्ति सदा गृहस्थस्य लक्ष्मीः” भनिन्छ। झगडा गर्दा घरमा लक्ष्मीको प्रवेश हुँदैन। झगडाले मन अशान्त भएर पूजा र धर्म कर्ममा बाधा पुर्याउँछ। यसले पितृ र देवी देवताको क्रोध बढाउँछ, जसले गरिबी र विघ्न ल्याउँछ। मानसिक तनावले मनुष्यलाई अधर्मतर्फ धकेल्न सक्छ।
२. नकारात्मक सोच र रुनुबाट बच्नुस्
“सत्संगते गुणोदयः” — राम्रो संगत र सकारात्मक विचार नै जीवनमा प्रगति ल्याउँछ। नकारात्मक सोच राखेर रुनुले आत्मा कमजोर हुन्छ र मनमा राग द्वेष बढ्छ। शास्त्रमा अशुभ योगहरूलाई रोक्न ‘सत्संगत’ र ‘ध्यान’को सल्लाह दिइन्छ। यस्ता क्रियाले चन्द्रमालाई अशान्त बनाउँछन्, जसले मनको शान्ति बिगार्छ।
३. अधुरो वा भारी भोजन नगर्नुस्
“आहारशुद्धौ सत्त्वशुद्धि” भन्ने आयुर्वेदको सिद्धान्त छ। शुद्ध, समयमै र सन्तुलित खाना खानेले शरीरमा प्राणशक्ति बढाउँछ र स्वस्थ्य रहन्छ। अधुरो खाना खाँदा पाचन शक्ति कमजोर हुन्छ, जसले शरीरलाई रोगको आगमन दिन्छ। राति पेट भारी भएमा निद्रा उहीन र गाह्रो हुन्छ, यसले अग्नि देवताको अप्रसन्नता निम्त्याउँछ।
४. मोबाइल वा स्क्रिन हेर्दै सुत्नु हुँदैन
शास्त्रमा सुत्नुअघि मनलाई शान्त पार्न ध्यान वा मन्त्र जप गर्ने सल्लाह छ। मोबाइल हेर्नु भनेको मनलाई अशान्त बनाउनु हो, जसले निद्रालाई नष्ट गर्छ। ब्लू लाइटले मेलाटोनिनलाई असर गर्छ र निद्रा बिगार्छ। ध्यान र पूजा गर्नुपर्ने बेलामा यस्तो क्रियाले मानसिक विक्षिप्तता ल्याउँछ र देवताहरूको प्रसन्नता कम हुन्छ।
५. बिना नुहाई वा हातखुट्टा नधोई सुत्नु उचित होइन
शास्त्रमा शुद्धता अतिआवश्यक मानिएको छ। “शुद्धात्मा वसुधैव कुटुम्बकम्” भन्ने दर्शन अनुसार शरीर र मन दुबै शुद्ध राख्नुपर्छ। नुहाई नधोएमा शरीरमा रहेका अशुद्धि र रोगाणु निद्राको समयमा शरीरमा प्रवेश गरी स्वास्थ्य बिगार्छ। पवित्रता नभएको अवस्थामा शुभ कर्म सफल हुँदैन।
६. बुबाआमाको अपमान वा मन दुखाउनु हुँदैन
धर्मशास्त्रमा माता-पितालाई स्वर्ग समान ठानिन्छ। “मातृ देवो भव, पितृ देवो भव” भन्ने भनाइ छ। बुबाआमाको सम्मान नगर्नु भनेको पितृ दोष लगाउनु हो, जसले जीवनमा बाधा र दु:ख ल्याउँछ। यस्ता कर्मले परिवारमा कलह बढाउँछ र सन्तान सुखमा कमी आउँछ।
निष्कर्ष
शास्त्र र धर्मले यिनै ६ कार्यहरू नगर्नु सुझाउँछन्, किनभने यी कार्यहरूले न केवल मन र शरीरलाई थकित बनाउँछन्, तर देवताहरूको प्रसन्नता घटाउँछन् र जीवनमा दुःख, गरिबी, रोग र विघ्न ल्याउँछन्। सकारात्मक सोच, शुद्ध आचरण, र पारिवारिक सद्भावले मात्र जीवन सफल र समृद्ध हुन्छ।
आज मिति विक्रम संवत् २०८२ साल जेठ महिनाको २१ गते, बुधबार, अङ्ग्रेजी क्यालेण्डर अनुसार इस्वी संवत् २०२५ साल जुन महिनाको ४ तारिख, शक संवत् १९४७, नेपाल संवत् ११४५ तछलाथ्व, संवत्सर सिद्धार्थी, सूर्य उत्तरायणमा, ऋतु ग्रीष्म। आज ज्येष्ठ शुक्लपक्षको नवमी तिथि दिउँसो २ बजेर ६ मिनेटसम्म रहनेछ, त्यसपछि दशमी लाग्नेछ। उत्तरफाल्गुनी नक्षत्र दिनभरि नै रहनेछ, वज्र योग बिहान ११ बजेर ४२ मिनेटसम्म रहनेछ, त्यसपछि सिद्धि योग सुरु हुनेछ। वालव करण दिउँसो १ बजेर ३० मिनेटसम्म, त्यसपछि कौलव, र राति २ बजेर ६ मिनेटपछि तैतिल करण लाग्नेछ। आज चन्द्रमा सिंह राशिमा भ्रमण गरिरहनुभएको छ, आनन्दादि योग अनुसार प्रवर्द्ध योग परेको छ। दिनमान १३ घण्टा ४५ मिनेटको रहेको छ, सूर्योदय बिहान ५ बजेर १० मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ। आज ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का रूपमा मनाइँदैछ, समानता, समावेशिता र आत्मसम्मानको सन्देश बोकेको प्रेरणादायी दिन।
मेष
कृषि, ऊर्जा, पर्यटन , तथा सूचना प्रविधि क्षेत्रमा लगानी गरेमा उपलब्धि राम्रो हुनेछ। , तर घर जग्गा , होटल रेस्टुरेन्टमा साथै भारी उद्योगमा जोखिम रहन सक्छ। स्वास्थ्य सेवा, हरित ऊर्जा , जलस्रोत तथा सूचना प्रविधिमा सेयर लगानी लाभदायक हुनेछ। तर धातु ,सुनचाँदी , रत्न, चम्किला गरगहना तथा बैंकिङ क्षेत्रमा सतर्क रहनुहोस्। जीवन साथी तथा सन्तान को सहयोग प्राप्त गर्नुहुनेछ। नाक कान घाँटी को समस्या देखिन सक्नेछ्न। शान्ति प्राप्त गर्न “ॐ कें केतवे नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ। शुभ दिशा उत्तर-पश्चिम रहदा तपाईं हरुको लागि अशुभ दिशा दक्षिण-पूर्व रहेको छ ।शुभ रङ रातो र हरियो रहेको छ यी रंङ अधिक प्रयोग फाइदा जनक देखिन्छ ।, अशुभ रङ नीलो र खैरो, देखि तपाईं हरु टाढा रहनु नै शुभ हुनेछ। शुभ अंक ५ ले भाग्य वृद्धि गर्नेछ र ९, अङ्क ले आर्थिक वृद्धि गर्नेछ अशुभ अंक २ र ७ रहनेछ।
वृष
कृषि, शिक्षण, औषधि तथा खाद्य उद्योगमा लगानी फाइदाजनक हुनेछ, तर घरजग्गा, सवारीसाधन तथा होटल व्यवसायमा लगानी गर्दा सचेत रहनुहोस्। जलस्रोत, हरित ऊर्जा, स्वास्थ्य सेवा तथा सूचना प्रविधिमा सेयर लगानी फाइदाजनक देखिन्छ, तर धातु, तेल, भारी उद्योग तथा बैंकिङ क्षेत्रमा सतर्कता अपनाउनु राम्रो हुनेछ। घुँडा, हड्डी तथा पेटसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्। शारीरिक र मानसिक सन्तुलनका लागि ” ॐ वज्रक्रोधाय महादंताय नम: मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ। शुभ दिशा पश्चिम रहनेछ भने अशुभ दिशा उत्तर-पूर्व रहनेछ। शुभ रङ सेतो र हरियो रहनेछन्, यी रङहरूको प्रयोग फाइदाजनक देखिन्छ, जबकि खैरो र कालो रङबाट टाढा रहनु राम्रो हुनेछ। शुभ अंक ६ ले समृद्धि ल्याउनेछ, ३ ले अवसर वृद्धि गर्नेछ, जबकि अशुभ अंक ४ र ८ रहनेछन्।
मिथुन
सञ्चार, लेखन, व्यापार, प्रविधि तथा शिक्षा क्षेत्रमा लगानी राम्रो हुनेछ, तर रियल स्टेट, भारी उद्योग, तथा पेट्रोलियम व्यवसायमा जोखिम रहन सक्छ। स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा सेयर लगानी लाभदायक देखिन्छ, तर धातु, सुनचाँदी, बैंकिङ तथा लगानी कम्पनीहरूमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ। नसा सम्बन्धी समस्या तथा टाउको दुखाइ बढ्न सक्छ, तनाव कम गर्न ध्यान तथा योग लाभदायक हुनेछ। मानसिक शान्तिका लागि “ॐ बुं बुधाय नमः” मन्त्रको १०८ पटक जप गर्नु शुभ रहनेछ। शुभ दिशा उत्तर रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ। शुभ रङ पहेँलो र हरियो हुनेछ, जसको प्रयोगले भाग्य बढ्नेछ, जबकि रातो तथा खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ। शुभ अंक ५ र ७ रहनेछन्, जसले मानसिक स्पष्टता र अवसर वृद्धि गर्नेछ, जबकि अशुभ अंक २ र ९ बाट बच्नुपर्छ।
कर्कट
स्थिर सम्पत्ति, कृषि, शिक्षा, औषधि तथा रियल स्टेटमा लगानी फाइदाजनक हुनेछ, तर होटल व्यवसाय, सवारीसाधन तथा भारी उद्योगमा जोखिम रहन सक्छ। जलस्रोत, स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा तथा सूचना प्रविधिमा सेयर लगानी लाभदायक देखिन्छ, तर धातु, सुनचाँदी, बैंकिङ तथा बीमा क्षेत्रमा सतर्कता अपनाउनु राम्रो हुनेछ। छाती तथा पाचन प्रणालीसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्। मानसिक शान्तिका लागि ॐ श्रीं ह्रीं क्लीं महा लक्ष्मीयै नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ। शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा पश्चिम रहनेछ। शुभ रङ सेतो र नीलो रहनेछन्। जसको प्रयोगले सकारात्मक ऊर्जा प्राप्त हुनेछ। जबकि रातो तथा खैरो रङबाट टाढा रहनु उचित हुनेछ। शुभ अंक २ र ७ रहनेछन्। जसले मानसिक सन्तुलन र आत्मविश्वास बढाउनेछन्, जबकि अशुभ अंक ३ र ८ बाट बच्नुपर्छ।
सिंह
कला, मनोरञ्जन, शिक्षा, प्रशासन तथा शेयर बजारमा लगानी लाभदायक हुनेछ, तर रियल स्टेट, भारी उद्योग तथा सवारीसाधन क्षेत्रमा जोखिम देखिन्छ। सूचना प्रविधि, स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा तथा पर्यटन क्षेत्रमा सेयर लगानी फाइदाजनक रहनेछ, तर धातु, पेट्रोलियम, बैंकिङ तथा बीमा क्षेत्रमा सतर्कता अपनाउनु उचित हुनेछ। मुटु तथा रक्तचापसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले ध्यान र नियमित व्यायाम गर्नु लाभदायक हुनेछ। मानसिक शान्तिका लागि “ॐ ह्रीं ह्रीं सूर्याय नमः । मन्त्रको १०८ पटक जप गर्नु शुभ रहनेछ। शुभ दिशा पूर्व रहनेछ भने अशुभ दिशा उत्तर-पश्चिम रहनेछ। शुभ रङ सुन्तला र पहेँलो रहनेछन्, जसले आत्मबल बढाउनेछ, जबकि नीलो तथा खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ। शुभ अंक १ र ९ रहनेछन्, जसले नेतृत्व क्षमता बढाउनेछन्, जबकि अशुभ अंक ४ र ८ बाट बच्नुपर्छ।
कन्या
शिक्षा, लेखन, सञ्चार, र सेवा क्षेत्रमा लगानी लाभदायक हुनेछ, तर घरजग्गा, भारी उद्योग तथा सवारीसाधनमा जोखिम रहन सक्छ। जलस्रोत, नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र सूचना प्रविधिमा सेयर लगानी फाइदाजनक हुनेछ, तर धातु, सुनचाँदी र बैंकिङ क्षेत्रमा सतर्कता अपनाउनु उचित हुनेछ। आँखा र जिवाणु संक्रमणसँग सम्बन्धित समस्याहरू देखा पर्न सक्छ, त्यसैले स्वास्थ्यमा ध्यान दिनुहोस्। मानसिक शान्तिका लागि ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ। शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा पश्चिम रहनेछ। शुभ रङ सेतो र नीलो रहनेछन्, जसले मानसिक शान्ति र सन्तुलन ल्याउनेछ, जबकि काला र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ। शुभ अंक ४ र ७ रहनेछन्, जसले अवसर र आत्मविश्वास बढाउनेछन्, जबकि अशुभ अंक ५ र ८ बाट बच्नुपर्छ।
तुला
कला, खेलौना , स्पा र विज्ञापन क्षेत्रमा लगानी राम्रो रहनेछ। शेयर बजारमा शैक्षिक सेवाहरू, स्वास्थ्य र खाद्य उद्योगमा सेयर लगानी लाभदायक हुनेछ, तर भारी उद्योग, रियल स्टेट र सवारीसाधनमा सतर्क रहनु राम्रो हुनेछ। स्वास्थ्य समस्याहरू जस्तै मानसिक तनाव र पाचन समस्याहरू देखिन सक्छ, त्यसैले सन्तुलित आहार र विश्राममा ध्यान दिनु आवश्यक हुनेछ। शान्तिका लागि “ॐ ह्रीं श्रीं शुक्राय नमः मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ। शुभ दिशा उत्तर रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ। शुभ रङ हरियो र गुलाबी रहनेछन्, जबकि नीलो र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ। शुभ अंक ६ र २, अशुभ अंक ५ र ८ रहनेछन्।
बृश्चिक
कृषि, रियल स्टेट, शिक्षा, र स्वास्थ्य सेवामा लगानी फाइदाजनक हुनेछ। शेयर बजारमा जलस्रोत, नवीकरणीय ऊर्जा, र सूचना प्रविधिमा लगानी राम्रो हुनेछ, तर भारी उद्योग, सुनचाँदी र बैंकिङ क्षेत्रमा सतर्क रहनु, केही कानुनी उल्झन मा पर्न सकिन्छ । शारीरिक रूपमा पाचन र पेटसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले आहार र विश्राममा ध्यान दिनुहोस्। मानसिक शान्तिका लागि “”ऊँ क्रां क्रीं क्रौं स: भौमाय नम: मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ। शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा पश्चिम रहनेछ। शुभ रङ रातो र पहेँलो रहनेछन्, जबकि नीलो र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ। शुभ अंक १ र ८, अशुभ अंक ५ र ३ रहनेछन्।
धनु
शिक्षा, यात्रा, अन्तर्राष्ट्रिय व्यापार, र अन्वेषणमा लगानी लाभदायक हुनेछ। शेयर बजारमा सूचना प्रविधि, नवीकरणीय ऊर्जा र स्वास्थ्य सेवा क्षेत्रमा लगानी राम्रो हुनेछ, तर भारी उद्योग, बैंकिङ र धातु उद्योगमा सतर्क रहनु आवश्यक छ। स्वास्थ्यमा गला, जिवाणु संक्रमण र मांसपेशीको समस्या देखिन सक्छ, त्यसैले नियमित व्यायाम र ध्यान गर्न महत्त्वपूर्ण हुनेछ। मानसिक शान्तिका लागि “ऊं ग्रां ग्रीं ग्रौं सः गुरुवे नमः ” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ। शुभ दिशा उत्तर-पश्चिम रहनेछ भने अशुभ दिशा दक्षिण रहन सक्छ। शुभ रङ सुन्तला र हरियो रहनेछन्, जबकि खैरो र नीलो रङबाट टाढा रहनु राम्रो हुनेछ। शुभ अंक ३ र ९, अशुभ अंक ५ र ७ रहनेछन्।
मकर
व्यापार, निर्माण, प्रौद्योगिकी र रियल स्टेट क्षेत्रमा लगानी लाभदायक हुनेछ, तर स्वास्थ्य सेवा, बैंकिङ र भारी उद्योगमा सतर्क रहनु आवश्यक छ। शेयर बजारमा जलस्रोत, नवीकरणीय ऊर्जा र कृषि क्षेत्रमा लगानी राम्रो हुनेछ, तर धातु, सुनचाँदी र रत्न उद्योगमा जोखिम रहन सक्छ। स्वास्थ्यमा जोड़ों र हड्डीसम्बन्धी समस्या देखा पर्न सक्छ, त्यसैले व्यायाम र सही आहारमा ध्यान दिनुहोस्। मानसिक शान्तिका लागि “ॐ शं शनैश्चराय नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ। शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ। शुभ रङ हरियो र क्रीम रङ हुनेछ, जबकि नीलो र काला रङबाट टाढा रहनु राम्रो हुनेछ। शुभ अंक ८ रहनेछन्, जबकि अशुभ अंक ४ रहेको छ ।
कुम्भ
व्यापार, सञ्चार, विज्ञापन र शिक्षा क्षेत्रमा लगानी राम्रो हुनेछ, तर रियल स्टेट, भारी उद्योग र सवारीसाधनमा जोखिम रहन सक्छ। शेयर बजारमा सूचना प्रविधि, स्वास्थ्य सेवा र जलस्रोतमा लगानी फाइदाजनक हुनेछ, तर धातु, सुनचाँदी र पेट्रोलियम क्षेत्र सतर्कता अपनाउनुपर्नेछ। मानसिक शान्तिका लागि “ॐ शं शनैश्चराय नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ। स्वास्थ्यमा मस्तिष्क र निद्रासम्बन्धी समस्या देखिन सक्छ, त्यसैले विश्राम र ध्यान गर्न महत्त्वपूर्ण छ। शुभ दिशा उत्तर-पश्चिम रहनेछ भने अशुभ दिशा दक्षिण रहनेछ। शुभ रङ नीलो र गुलाबी रहनेछन्, जबकि काला र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ। शुभ अंक २ र ७ रहनेछन्, जबकि अशुभ अंक ५ र ८ बाट बच्नुपर्छ। जीवनसाथी र परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेमसम्बन्धमा नयाँ विचार र समझदारी आउनेछ।
मीन
व्यापार, कला, संगीत र साहित्यमा लगानी राम्रो हुनेछ, तर भारी उद्योग, रियल स्टेट र सवारीसाधनमा जोखिम देखिन्छ। सेयर बजारमा जलस्रोत, नवीकरणीय ऊर्जा, र स्वास्थ्य सेवा क्षेत्रमा लगानी लाभदायक हुनेछ, तर धातु, सुनचाँदी र बैंकिङ क्षेत्रमा सतर्क रहनु आवश्यक छ। स्वास्थ्यमा पाचन र मानसिक समस्याहरू देखिन सक्छ, त्यसैले सन्तुलित आहार र विश्राम महत्त्वपूर्ण हुनेछ। मानसिक शान्तिका लागि “ॐ बगलामुखी देव्यै ह्लीं ह्रीं क्लीं शत्रु नाशं कुरु मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ। शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ। शुभ रङ हरियो र सेतो रहनेछन्, जबकि खैरो र नीलो रङबाट टाढा रहनु राम्रो हुनेछ। शुभ अंक ३ र ५, अशुभ अंक ४ र ८ रहनेछन्।







प्रतिक्रिया