
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)नेपाल अन्तर्गत सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका लागि सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले विनियोजन गरेको उक्त बजेटमा २ अर्ब ७७ करोड रुपैयाँ मात्रै सरकारले खर्च गर्ने भएको छ । बाँकी ५ अर्ब ६८ करोड रुपैयाँ भने वैदेशिक अनुदानबाट जुटाइने भएको छ ।
अमेरिकी सरकारको अनुदान सहयोगको यो परियोजनालाई डोनाल्ड ट्रम्पको प्रशासनले निलम्बन गरेर बजेट नदिएपछि सरकारले नै बनाउने योजना अगाडि सारेको हो ।
यो परियोजनाको लागि चालु आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ६५ करोड रुपैयाँ खर्च हुने अनुमान सरकारले गरेको छ । यो परियोजनमा यस अघि गत आर्थिक वर्ष २०८०/८१ म २ अर्ब ४ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ ।







प्रतिक्रिया