नेप्सेमा सामान्य सुधार, ९ अर्ब २२ करोडको कारोबार

77
Shares

काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) २.७७ अंकले बढेर २६९५.८४ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बुधबार भने नेप्से १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा पुगेको थियो ।

सोमबार नेप्सेमा कुल ९ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ८ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ११५ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ । आज ओम मेगाश्री र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Skip This