कस्ता ग्रहले साथ दिए भने छिटो धनी हुन्छ ? कस्तो छ तपाईँको राशि ?

329
Shares

हामी राशिफल सुनाउन मात्र होइन, चेतना जगाउन आएका हौं — लगानी अन्धविश्वासले होइन, समझदारी र ग्रहअनुकूल सोचले गर्नुपर्छ भन्ने सन्देश दिन। जब बुध र शुक्र बलियो हुन्छन्, व्यापार फस्टाउँछ; मंगल र बृहस्पतिले आँट र अवसर दिन्छन्; चन्द्रमा स्थिर छ भने मन–मस्तिष्क संयमित हुन्छ। तर जब शनि वा राहु गलत भावमा छन्, धोका, घाटा र भ्रम बढ्छ। त्यसैले ग्रहले साथ दिए पनि तपाईंको योजना, सुझबुझ र साहस नहुन्जेल सफलता आउँदैन। अब कृषि, हरित ऊर्जा, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र घरेलु उद्योगमा लगानी गरौं — जहाँ ग्रहको शक्ति पनि तपाईँको श्रमसँग जोडिन्छ। हामी चाहन्छौं हरेक नागरिकको लगानी सुरक्षित होस्, सबै धनी बनून्, अनि राष्ट्र पनि समृद्ध होस्।

व्यापार किन गरिन्छ?
मानिसले व्यापार आफ्नो जीविकोपार्जन, मुनाफा, आर्थिक स्वतन्त्रता, नाम र प्रतिष्ठाका लागि गर्छ। व्यापार भनेको कुनै वस्तु वा सेवाको किनबेच गर्ने प्रक्रिया हो जसबाट नाफा कमाइन्छ। व्यापार गर्नु भनेको जोखिम उठाउने, योजना बनाउने, लगानी गर्ने र बजारको प्रवृत्ति बुझ्ने कार्य हो।

के मान्छे व्यापार गरेर धनी हुन्छ?

हो, व्यापार गरेर धेरै मानिसहरू धनी भएका छन्। तर सबै होइनन्। धनी बन्नको लागि सफल व्यापार आवश्यक छ, र त्यसमा लगनशीलता, बुद्धिमत्ता, धैर्य, योजना, समयको व्यवस्थापन, कर्मचारी व्यवस्थापन, तथा ग्रहहरूको साथ पनि महत्वपूर्ण हुन्छ।

ग्रहले साथ दिनु पर्छ कि पर्दैन?

हो, वैदिक ज्योतिष अनुसार ग्रहहरूको साथ अत्यन्तै महत्वपूर्ण हुन्छ। यदि ग्रहहरूको योग शुभ छ भने व्यक्ति व्यापारबाट छिटो सफल हुन सक्छ। यदि अशुभ छ भने निरन्तर संघर्ष, घाटा वा व्यापार विफल हुने सम्भावना हुन्छ।

कस्ता ग्रहले साथ दिए भने छिटो धनी हुन्छ?

१. बुध ग्रह (Mercury):
व्यापारको कारक ग्रह हो। बुध शुभ भएमा बुद्धि, वाणी, गणित र लेनदेनमा चातुर्य दिन्छ। व्यापारी वर्गका लागि सबभन्दा महत्वपूर्ण ग्रह हो।

२. शुक्र ग्रह (Venus):
ऐश्वर्य, विलासिता, सौन्दर्य, र आकर्षक वस्तुहरूको व्यापारमा सफलता दिन्छ। होटल, मनोरञ्जन, कपडा, सौन्दर्य सामग्री आदि क्षेत्रमा शुभ फल दिन्छ।

३. गुरु (Jupiter):
ज्ञान, नैतिकता र दीर्घकालीन सोचको प्रतीक। गुरु शुभ भएमा आर्थिक उन्नति स्थिर र दीर्घकालीन हुन्छ। बैंकिङ, शिक्षा, र धार्मिक वस्तुहरूका व्यापारमा सफलता दिन्छ।

४. सूर्य (Sun):
नेतृत्व क्षमता, सरकारी सपोर्ट, नाम र प्रतिष्ठा दिन्छ। आयात-निर्यात वा प्रशासनसँग जोडिएको व्यापारमा लाभ दिन्छ।

५. मंगल (Mars):
ऊर्जा, साहस र जोखिम उठाउने क्षमता दिन्छ। रियल स्टेट, निर्माण, इन्जिनियरिङ्ग वा मेकानिकल व्यापारमा लाभ दिन्छ।

६. दशम भाव र लाभ भाव बलियो हुनु:
दशम भाव (व्यवसाय) र लाभ भाव (मुनाफा) बलियो, शुभ ग्रहहरूको दृष्टिमा हुनु धेरै फाइदाजनक हुन्

कस्ता ग्रहले धनी मान्छेलाई पनि कंगाल बनाउँछ?

१. राहु र केतु (छायाग्रह):
राहु गलत निर्णय, ठगी, नशा, भ्रम वा अचानक घाटा गराउँछ। केतुले विछोड, अनावश्यक मोह भंग, र निराशा ल्याउँछ।

२. शनि (Saturn):
यदि अशुभ स्थानमा हो भने ढिलो सफलता, घाटा, कर्मचारीसँग समस्या, तथा ऋण बढाउने सम्भावना हुन्छ। तर शुभ स्थानमा छ भने दीर्घकालीन सफलता दिन्छ।

३. चन्द्रमा (Moon):
चित्तको अस्थिरता ल्याउँछ। चन्द्रमा कमजोर हुँदा व्यापारमा निरन्तरता हुँदैन, निर्णय क्षमतामा कमी आउँछ।

४. मंगल अशुभ भएमा:
झगडा, आक्रोश, विवाद, हिंसा वा कानुनी समस्या निम्त्याउन सक्छ।
५. शुभ योगहरूको भङ्ग:
कुनै व्यक्तिले धनी हुने योग बनाए पनि यदि दशा–अन्तरदशामा अशुभ ग्रहहरू आउँछन् भने सफल व्यक्तिको पतन पनि हुन सक्छ।

निष्कर्ष:

व्यापार सफल बनाउन ग्रहहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। शुभ बुध, शुक्र, गुरु, सूर्य र दशम-लाभ भाव बलियो भएमा व्यक्ति व्यापारबाट धनी बन्न सक्छ। तर राहु, केतु, शनि, चन्द्र अशुभ स्थितिमा भएमा धनी मानिस पनि डुब्न सक्छ।

आज मिति: विक्रम संवत् २०८२ जेठ २० गते, मंगलवार, अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ जुन ३ तारिख, शक संवत् १९४७, नेपाल संवत् ११४५ तछलाथ्व, संवत्सर सिद्धार्थी, सूर्य उत्तरायण, ऋतु ग्रीष्म। ज्येष्ठ शुक्लपक्ष अष्टमी राति ०१:०२ बजेसम्म, त्यसपछि नवमी लाग्नेछ। नक्षत्र पूर्वफाल्गुनी बिहान ०४:१३ बजेसम्म, त्यसपछि उत्तरफाल्गुनी। योग हर्षण दिउँसो १२:०२ बजेसम्म, त्यसपछि वज्र। करण भद्रा दिउँसो १२:४१ बजेसम्म, त्यसपछि बव, राति ०१:०२ बजेसम्म, त्यसपछि वालव। चन्द्रमा सिंह राशिमा रहेका छन्। आजको आनन्दादि योग धुम्र रहेको छ। दिनमान १३ घण्टा ४५ मिनेटको रहेको छ। सूर्योदय बिहान ५:१० बजे र सूर्यास्त साँझ ६:५५ बजे हुनेछ। विशेष: भद्रा दिउँसो १२:४१ बजेसम्म रहनेछ, त्यसपछि शुभकार्यको समय मानिन्छ। आजको विशेषता भौमअष्टमी व्रत, गोरखकाली पूजा, र वायु अष्टमी विशेष श्रद्धाका साथ मनाइने दिन हो।

मेष
उत्साहजनक दिन, आर्थिक स्थिरता रहन्छ तर अनावश्यक खर्च बढ्न सक्छ, बक्यौता फिर्ता आउन सक्छ, कृषिसम्बन्धी उद्योग, खाद्य उत्पादन र आयुर्वेदिक व्यवसाय लाभदायक देखिन्छ, रियल स्टेट वा भारी कर्जाको कारोबारबाट टाढा रहनु राम्रो, दाजुभाइसँग असमझदारी बढ्न सक्छ, आमाको कमजोरी र सन्तानको पाचनसम्बन्धी समस्या आउन सक्छ, समाधानका लागि “ॐ क्रां क्रीं क्रौं सः मङ्गलाय नमः” मन्त्र जप गर्नुहोस्, दक्षिणपश्चिम दिशा शुभ, उत्तर-पश्चिम अशुभ, गाढा रातो वा मरून शुभ रङ, सेतो वा खैरो अशुभ, शुभ अंक ९, अशुभ अंक ४।

वृष
चुनौतीपूर्ण दिन, आर्थिक क्षेत्रमा सतर्कता आवश्यक, जीवनसाथीको अनावश्यक खर्चले समस्या आउन सक्छ, कृषिमा केही चुनौती देखिए पनि व्यापार र उद्योगका लागि राम्रो अवसर, जग्गा-जमिन तथा सुनको कारोबारमा सावधानी अपनाउनु राम्रो, दिदी/बैनीसँग सहयोग मिल्नेछ, स्वास्थ्य सामान्य तर पाचन प्रणालीमा ध्यान दिनु उपयुक्त, समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्र जप गर्नुहोस्, पश्चिम दिशा शुभ, पूर्व अशुभ, हल्का हरियो वा गुलाबी शुभ रङ, सेतो अशुभ, शुभ अंक ३, अशुभ अंक ५।

मिथुन
खुशी र समृद्धि ल्याउने दिन, आर्थिक पक्षमा सुधार देखिन्छ, नयाँ सम्झौतामा सहमति बन्ने सम्भावना, कानुनी उल्झन आउन सक्छ, कृषि र औद्योगिक व्यवसाय लाभदायक तर रियल स्टेटमा लगानी नगर्नु उचित, दाजुभाइसँगको सम्बन्ध सुमधुर रहनेछ, जीवनसाथीसँग सम्बन्ध राम्रो तर दिदी/बैनीको स्वास्थ्यमा समस्या आउन सक्छ, कान र दाँतको समस्या देखिन सक्छ, समाधानका लागि “ॐ बुं बुद्धाय नमः” मन्त्र १०८ पटक जप गर्नुहोस्, पश्चिम दिशा शुभ, दक्षिण अशुभ, गाढा नीलो वा श्वेत शुभ रङ, हल्का रङ अशुभ, शुभ अंक १, अशुभ अंक ६।

कर्कट
आर्थिक दृष्टिले मध्यम दिन, घरपरिवारमा केही असमझदारी आउन सक्छ, व्यापारमा राम्रो लाभ देखिए पनि ठूला लगानी नगर्नु उचित, रियल स्टेट र ठूला परियोजनाहरूमा लगानी रोक्नु राम्रो, सन्तानको शिक्षामा ध्यान दिनु आवश्यक, मानसिक तनाव बढ्न सक्छ, समाधानका लागि “ॐ सोम सोमाय नमः” मन्त्र जप गर्नुहोस्, उत्तर दिशा शुभ, पश्चिम अशुभ, सेतो वा सिल्की निलो शुभ रङ, कालो अशुभ, शुभ अंक २, अशुभ अंक ८।

सिंह
आत्मविश्वास बढ्ने दिन, आर्थिक सुधार देखिन्छ, व्यक्तिगत जीवनमा मिठास आउनेछ, जागिरमा प्रमोशन वा प्रशंसा पाइने सम्भावना, प्रेम सम्बन्धमा सुधार आउनेछ, कानुनी मामिलामा सफलता मिल्नेछ, सवारीसाधन वा इलेक्ट्रोनिक्समा ठूलो खर्च हुनसक्छ, समाधानका लागि “ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः” मन्त्र जप गर्नुहोस्, पूर्व दिशा शुभ, उत्तर अशुभ, सुन्तला वा पहेँलो शुभ रङ, खरानी रङ अशुभ, शुभ अंक ७, अशुभ अंक ५।

कन्या
आज सम्बन्धहरू सुधार हुने दिन हो, व्यापारमा नयाँ अवसर मिल्नेछ, काममा सफलता पाइनेछ, कर्जा लिनु परेको खण्डमा सावधानी अपनाउनु पर्ने समय छ । दाम्पत्य जीवनमा मिठास आउनेछ, मानसिक शान्तिका लागि ध्यान आवश्यक, समाधानका लागि “ॐ बृं बृं बृहस्पतये नमः” मन्त्र जप गर्नुहोस्, दक्षिण दिशा शुभ, उत्तर अशुभ, हरियो वा नीलो शुभ रङ, रातो अशुभ, शुभ अंक ५, अशुभ अंक ३।

तुला
सामाजिक मान-प्रतिष्ठा बढ्नेछ, पारिवारिक जिम्मेवारी बढ्न सक्छ, आर्थिक स्थितिमा सुधार आउनेछ, नया अवसरहरू आउनेछन् तर साझेदारी व्यवसायमा विवाद आउन सक्छ, जीवनसाथीको साथ मिल्नेछ, स्वास्थ्यमा टाउको दुखाइ वा आँखासम्बन्धी समस्या देखिन सक्छ, समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्र जप गर्नुहोस्, पश्चिम दिशा शुभ, दक्षिण अशुभ, हल्का गुलाबी वा सेतो शुभ रङ, खैरो अशुभ, शुभ अंक ६, अशुभ अंक ४।

वृश्चिक
कठिन परिश्रमको प्रतिफल पाइनेछ, व्यापारमा राम्रै फाइदा देखिन्छ, पारिवारिक सम्बन्ध सुधारिनेछ, नजिकका साथीभाइसँग सहयोग मिल्नेछ, शेयर बजार वा ठूला परियोजनामा लगानी नगर्नु उचित, मानसिक अशान्ति हुनसक्छ, समाधानका लागि “ॐ कं कें कौं सः भौमाय नमः” मन्त्र जप गर्नुहोस्, उत्तर दिशा शुभ, पश्चिम अशुभ, गाढा रातो वा बैजनी शुभ रङ, सेतो अशुभ, शुभ अंक ८, अशुभ अंक २।

धनु
विदेश यात्रा वा अध्ययनका लागि अनुकूल समय, आत्मविश्वास बढ्नेछ, रोजगारीमा अवसर मिल्नेछ, साझेदारी व्यवसाय लाभदायक देखिन्छ, घरपरिवारमा सामञ्जस्य बढ्नेछ, स्वास्थ्यमा थकान वा जोर्नी दुखाइ देखिन सक्छ, समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्र जप गर्नुहोस्, पूर्व दिशा शुभ, पश्चिम अशुभ, पहेँलो वा हरियो शुभ रङ, नीलो अशुभ, शुभ अंक ३, अशुभ अंक ९।

मकर
आर्थिक पक्ष सबल रहनेछ, व्यापारमा फाइदा हुनेछ, परिश्रम अनुसार लाभ मिल्नेछ, पारिवारिक जीवनमा सुख-शान्ति आउनेछ, यात्रा गर्दा सावधानी अपनाउनु होला, स्वास्थ्यमा छाती वा पाचनसम्बन्धी समस्या आउन सक्छ, समाधानका लागि “ॐ शनैश्चराय नमः” मन्त्र जप गर्नुहोस्, दक्षिण दिशा शुभ, उत्तर अशुभ, नीलो वा कालो शुभ रङ, पहेँलो अशुभ, शुभ अंक ४, अशुभ अंक ७।

कुम्भ
नयाँ अवसरहरू आउनेछन्, भविष्यका लागि राम्रो योजना बनाउन सकिनेछ, सामाजिक मान-प्रतिष्ठा बढ्नेछ, आर्थिक पक्ष सबल रहनेछ, नजिकका साथीहरूसँग असमझदारी बढ्न सक्छ, स्वास्थ्यमा रक्तचाप वा टाउको दुखाइ देखिन सक्छ, समाधानका लागि “ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः” मन्त्र जप गर्नुहोस्, पश्चिम दिशा शुभ, उत्तर अशुभ, गाढा नीलो वा बैजनी शुभ रङ, सेतो अशुभ, शुभ अंक ७, अशुभ अंक २।

मीन
धार्मिक कार्यमा मन जानेछ, पारिवारिक सम्बन्ध सुधारिनेछ, आर्थिक पक्ष सामान्य रहनेछ, नयाँ अवसरहरू प्राप्त हुनेछ्न शिक्षा तथा खेल क्षेत्र मा लगानीमा शुभ हुने देखिन्छ। तर होटल पर्यटन तथा भारी उद्योग मा घाटा हुन सक्छ। स्वास्थ्यमा मानसिक तनाव बढ्न सक्छ, समाधानका लागि “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नुहोस्, उत्तर दिशा शुभ, दक्षिण अशुभ, हल्का पहेँलो वा हरियो शुभ रङ, रातो अशुभ, शुभ अंक २, अशुभ अंक ५।