
काठमाडौं । सरकारले विद्युतीय भुक्तानीको सेवा शुल्कमा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेललले समाशोधन गृहको सेवामा लाग्ने मूल्य अभिवृद्धि करण खारेज गर्ने बताए ।
सरकारले गत आर्थिक वर्षबाट समाशोधन गृहको सेवा (विद्युतीय भुक्तानी) को सेवाशुल्कमा मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको उक्त व्यवस्था एमाले नेतृत्वमा कांग्रेस समेतको सरकार गठन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने बताएका थिए । आगामी आर्थिक वर्षबाट उक्त मूल्य अभिवृद्धि कर हटाउने भएको हो ।










प्रतिक्रिया