
काठमाडौं । सरकारले पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ बनाइने घोषणा गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘नेपाल राष्ट्र बैंक र नेपाल बिमा प्राधिकरणसम्बन्धी कानुनमा समसामयिक सुधार गरिनेछ । पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ बनाइनेछ,’ उनले भने, ‘नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरी संस्थागत क्षमता बढाइनेछ ।’








प्रतिक्रिया