श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड विनियोजन

77
Shares

काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट छट्याएको जानकारी दिएका हुन् । उनले गुरुकुल, गुम्बा, मदरसा लगायतका परम्परागत शिक्षा पद्दतीको विषयगत र शैलीगत विशिष्टता संरक्षण र प्रवर्द्धन गरिने पनि घोषणा गरे ।

राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तराई मधेशमा एक हजार ५००, पहाडमा एक हजार र हिमालमा ५०० भन्दा बढी विद्यार्थी संख्या रहेका विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि पुँजीगत अनुदान उपलब्ध गराइने पनि उनले उल्लेख गरे ।

निर्माणाधीन नमूना विद्यालयको निर्माण कार्य सम्पन्न गर्नका लागि सरकारले २ अर्ब ७२ करोड विनियोजन गरेको छ ।