
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्षको बजेट लेखन राखिएको झोला लिएर अर्थमन्त्रालयबाट निस्किए
आगामी आर्थिक २०८२/०८३ को बजेट झोला लिएर उनी अर्थमन्त्रालयबाट बाहिरिएर मन्त्रिपरिषद्को बैठकका लागि प्रस्थान गरे।
मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरिसकेको छ र आजै ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री आगामी आर्थिक वर्षको विनियोजन विधेयक पेस गर्ने छन् ।
यसपटक अर्थमन्त्री पौडेलले गत वर्षको भन्दा फरक खालको बजेट झोला प्रयोग गरेका हुन् ।
गतवर्ष बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए भने यसपटक अर्थमन्त्री पौडेलले ल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका हुन् ।
यसअघि अर्थमन्त्रीहरुले बजेटका बेला विदेशी झोला(ब्रिफकेस) बोक्ने गरेका थिए ।








प्रतिक्रिया