अर्थमन्त्रालयबाट बजेटको झोला लिएर निस्किए अर्थमन्त्री (तस्बिरहरु)

259
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्षको बजेट लेखन राखिएको झोला लिएर अर्थमन्त्रालयबाट निस्किएका छन् ।

आगामी आर्थिक २०८२/०८३ को बजेट झोला लिएर उनी अर्थमन्त्रालयबाट बाहिरिएका छन् ।

अर्थमन्त्री पौडेल मन्त्रिपरिषद्‍को बैठक बस्नका लागि प्रस्थान गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेसँगै आजै ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री आगामी आर्थिक वर्षको विनियोजन विधेयक पेस गर्ने छन् ।

गतवर्ष बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए भने यसपटक अर्थमन्त्री पौडेलले ल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका हुन् ।