
ऐतिहासिक नारायणहिटी दरबार परिसरभित्र अवस्थित ‘श्री चतुर्ब्युह नारायणधाम। सामान्य मन्दिरभन्दा धेरै गोप्य र शाही परम्परा बोकेको यो धाममाकोबारे जानकारी लिएर हामी आएका छौ। ‘चतुर्ब्युह’ भन्नाले विष्णु भगवानका चार प्रमुख रूपहरूको संयोजनलाई जनाउँछ – यसलाई वैष्णव परम्परामा “भगवद शक्ति चक्र” को रूपमा पनि मानिन्छ।श्री चतुर्ब्युह नारायण
१. वासुदेव – चैतन्य, नेतृत्व र सृष्टिका केन्द्रबिन्दु
२. संकर्षण – बल, ज्ञान र आत्मविवेकका प्रतिनिधि
३. प्रद्युम्न – प्रेम, सौन्दर्य र भावना (मन) का प्रतीक
४. अनिरुद्ध – शक्ति, साहस र नियन्त्रणको प्रतिनिधित्व
यी चार नारायणले क्रमशः चित्त (वासुदेव), अहंकार (संकर्षण), मन (प्रद्युम्न) र बुद्धि (अनिरुद्ध) मा आधारित
चार आयामको चेतनाको प्रतिनिधित्व गर्छन्। यही कारण श्री चतुर्ब्युह नारायणलाई “पूर्ण पुरुषोत्तम विष्णु” को रूप मानिन्छ।
मानदेवदेखि नारायणहिटीसम्म – परम्पराको साँचो धरोहर
श्री चतुर्ब्युह नारायणधामको मूर्तिको ऐतिहासिक परम्परा लिच्छविकालीन राजा मानदेव बाट सुरु भएको हो।
मानदेवले पहिलोपटक नेपालमा चतुर्ब्युह मूर्ति स्थापना गरी, राष्ट्र शासन गर्ने राजा–राष्ट्र–ईश्वरको त्रिकोणीय सम्बन्धको आरम्भ गरेका थिए।
त्यसैको निरन्तरतास्वरूप, शाहकालमा यस धामलाई शाही राजदरबारभित्रै राखी गोप्य शक्तिस्थल बनाइएको थियो।
राजा त्रिभुवनदेखि महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्रसम्म, श्री चतुर्ब्युह नारायणधामको पूजा बिना राज्यकार्य सुरु नहुने परम्परा थियो।
शान्ति (वासुदेव), विवेक (संकर्षण), प्रेम (प्रद्युम्न) र शक्ति (अनिरुद्ध) बिना राष्ट्र स्थिर रहन सक्दैन। नारायणहिटी दरबारभित्रको श्री चतुर्ब्युह नारायणधाम – गोप्य शक्ति क्षेत्र। यो मूर्ति आज पनि नारायणहिटी दरबार संग्रहालयको विशेष क्षेत्रमा सुरक्षित छ –
जहाँ श्री नारायणधामको रूपमै पूजाआजा, ध्यान र दर्शन गरिन्छ। यो स्थान सर्वसाधारणको लागि खुला छैन – केवल विशेष धार्मिक र परम्परागत अनुष्ठानका बेला मात्र प्रयोगमा आउँछ।
आज मिति: वि.सं. २०८२ जेठ १४ गते बुधबार। ई.सं. २०२५ मे २८ तारिख। शक संवत् १९४७। नेपाल संवत् ११४५ तछलाथ्व। सिद्धार्थी संवत्सर, उत्तरायण। ग्रीष्म ऋतु। ज्येष्ठ शुक्लपक्ष द्वितिया तिथि ०४:४५ पछि प्रतिपदा र त्यसपछि तृतीया। मृगशिरा नक्षत्र ०३:२६ पछि आर्द्रा। धृति योग २२:०१ पछि शूल। वव करण ०६:४५ पछि वालव। १७:४३ देखि कौलव। ०४:४५ पछि तैतिल। चन्द्रमा वृष राशिमा। आनन्दादि योगमध्ये अमृत योग। दिनमान १३:४१। सूर्योदय बिहान ५:११, सूर्यास्त बेलुका १८:५२। विशेष: चन्द्रोदय, दशहरा स्नान आरम्भ, गोसाइँकुण्डमा स्नान सुरु — आजको दिन पुण्य स्नान, उपवास र अध्यात्मका लागि अति शुभ।
मेष
राशिका लागि आज कृषि, खाद्य प्रशोधन, अटोमोबाइल र हस्तकलामा लगानी लाभदायक, तर भूमि किनबेच र साझेदारी व्यापारबाट टाढा रहनु राम्रो, सेयर बजारमा हल्का उतारचढाव देखिए पनि दीर्घकालीन लगानी उपयुक्त, घाँटी, टाउको र आँखाको सावधानी आवश्यक, बिहान सूर्यलाई अर्घ दिई शुद्ध घ्यूको दीप बाल्दा लाभ, हनुमानजीको आराधना लाभदायक, मन्त्र “ॐ हनुमते नमः” ११ पटक जप गर्नुपर्छ, शुभ दिशा पूर्व, अशुभ दिशा दक्षिण, शुभ रङ रातो, अशुभ रङ कालो, शुभ अंक ३, अशुभ अंक ८, आजको दिन साधना र संयमका साथ बिताउँदा लाभ हुनेछ।
वृष
राशिका जातकहरूका लागि आज उत्पादनमुखी उद्योग, निर्माण सामग्री र सौन्दर्य सम्बन्धी वस्तुहरूमा लगानी लाभदायक रहनेछ, तर रियल स्टेट, इलेक्ट्रोनिक उपकरण तथा साझेदारी व्यापारमा लगानी गर्दा घाटाको सम्भावना भएकाले सावधानी अपनाउनु उपयुक्त हुनेछ; सेयर बजारमा स्थिरता देखिए पनि मध्य तथा दीर्घकालीन योजनामा लाग्दा लाभ मिल्नेछ, ऋण र आकस्मिक निर्णय टार्नुपर्छ; स्वास्थ्यतर्फ छाला, घाटी वा पाचन प्रणालीमा सानो असजिलो देखिन सक्छ, तातो पानी, सजिलो खाना र ध्यानमार्फत सन्तुलन राख्नुपर्छ; बिहान तुलसी वा पीपलको रूखमा जल अर्पण गरी घरमा दीप प्रज्वलन गर्दा दिन शुभ रहनेछ; आजको शुभ देवता माता लक्ष्मी हुनुहुन्छ, “ॐ श्रीं महालक्ष्म्यै नमः” मन्त्र ११ पटक जप गर्नुहोस्; शुभ दिशा दक्षिण–पूर्व, अशुभ दिशा उत्तर, शुभ रङ गुलाबी, अशुभ रङ निलो, शुभ अंक ६, अशुभ अंक ४ रहनेछ; आजको दिन संयमता, सादगी र श्रद्धाका साथ अघि बढेमा कर्मक्षेत्र, पारिवारिक सम्बन्ध र आर्थिक स्थायित्वमा विशेष सफलता प्राप्त हुनेछ।
मिथुन
राशिका जातकहरूका लागि आज सञ्चार, शिक्षा, लेखन र सूचना प्रविधि क्षेत्रमा लगानी लाभदायक रहनेछ, तर स्वास्थ्य सेवा, आयुर्वेद वा दवा क्षेत्रमा अचानक लगानी गर्दा जोखिम रहन्छ; सेयर बजारमा उतारचढाव हुनेछ, धैर्यपूर्वक दीर्घकालीन योजना बनाउनु राम्रो; मानसिक तनाव र सास फेर्ने समस्याले सताउन सक्छ, योग र प्राणायाम लाभदायक हुनेछ; बिहान सूर्य नमस्कार गरी सूर्यदेवलाई अर्घ दिनुहोस्; शुभ देवता भगवान् ब्रह्माजी हुनुहुन्छ; मन्त्र “ॐ ऐं ब्रह्मणे नमः” ११ पटक जप गर्नुहोस्; शुभ दिशा पश्चिम, अशुभ दिशा पूर्व, शुभ रङ हरियो, अशुभ रङ पहेँलो, शुभ अंक ५, अशुभ अंक ९; संयम र ध्यानले सफलताको बाटो खुल्नेछ।
कर्कट
राशिका जातकहरूका लागि आज घरजग्गा, आन्तरिक सजावट र खाद्य पदार्थ उत्पादनमा लगानी लाभदायक हुनेछ। तर विदेशी व्यापार र ठूलो पूँजीको साझेदारीमा सावधानी अपनाउनु उचित हुन्छ। सेयर बजारमा स्थिरता देखिए पनि छोटो समयमा फाइदा नआउन सक्छ, दीर्घकालीन योजना बनाउनु राम्रो हुन्छ। स्वास्थ्यमा पाचन समस्या र थकान हुनसक्छ, आराम र सन्तुलित आहार आवश्यक छ। बिहान शुद्ध जलमा फूल अर्पण गरी देवताको पूजा गर्नु लाभदायक हुनेछ। शुभ देवता भगवान् शिव हुनुहुन्छ। मन्त्र “ॐ नमः शिवाय” ११ पटक जप गर्नुहोस्। शुभ दिशा उत्तर–पश्चिम, अशुभ दिशा दक्षिण–पूर्व, शुभ रङ सेतो, अशुभ रङ कालो, शुभ अंक २, अशुभ अंक ७। संयम र श्रद्धाले आज सफलताको बाटो खुल्नेछ।
सिंह
राशिका जातकहरूका लागि आज नेतृत्व, मनोरञ्जन र कला क्षेत्रका लगानी लाभदायक रहनेछन्। तर वित्तीय ऋण र अनावश्यक खर्चबाट बच्नुपर्छ। सेयर बजारमा हल्का उतारचढाव देखिए पनि धैर्य राखेर दीर्घकालीन योजना बनाउनु उपयुक्त हुनेछ। स्वास्थ्यमा हृदय र रक्तचापको ख्याल गर्नुहोस, नियमित व्यायाम लाभदायक हुन्छ। बिहान सूर्यको अरघ दिनुहोस् र दीप प्रज्वलन गर्नु शुभ हुन्छ। शुभ देवता भगवान् सूर्य हुनुहुन्छ। मन्त्र “ॐ सूर्याय नमः” ११ पटक जप गर्नुस्। शुभ दिशा पूर्व–उत्तर, अशुभ दिशा पश्चिम, शुभ रङ सुन्तला, अशुभ रङ कालो, शुभ अंक १, अशुभ अंक ८। आजको दिन आत्मविश्वास र संयमले सफलता दिनेछ।
कन्या
राशिका जातकहरूका लागि आज शिक्षा, स्वास्थ्य सेवा र सञ्चार क्षेत्रमा लगानी लाभदायक रहनेछ। तर अत्यधिक व्यापार विस्तार र अनावश्यक खर्चले घाटा पुर्याउन सक्छ। सेयर बजारमा स्थिरता रहनेछ, दीर्घकालीन योजना बनाए राम्रो नतिजा मिल्नेछ। स्वास्थ्यमा पाचन र छालाको समस्याबाट सावधानी अपनाउनुहोस्। बिहान ब्राह्मणलाई अन्न दान गर्नु लाभदायक हुन्छ। शुभ देवता भगवान् बुद्ध हुनुहुन्छ। मन्त्र “ॐ बुद्धाय नमः” ११ पटक जप गर्नुहोस्। शुभ दिशा उत्तर–पूर्व, अशुभ दिशा दक्षिण–पश्चिम, शुभ रङ पहेँलो, अशुभ रङ खैरो, शुभ अंक ४, अशुभ अंक ७। संयम र मेहनतले आज सफलता प्राप्त हुनेछ।
तुला
राशिका जातकहरूका लागि आज वाणिज्य, कला, र सामाजिक कार्य क्षेत्रमा लगानी लाभदायक हुनेछ। तर अनावश्यक ऋण र विवादबाट बच्नुपर्छ। सेयर बजारमा सन्तुलन रहनेछ, दीर्घकालीन सोच राख्नु उचित हुन्छ। स्वास्थ्यमा मानसिक तनाव र निद्रा समस्याले सताउन सक्छ, ध्यान र योग लाभदायक हुनेछ। बिहान शुद्ध जलमा तुलसी अर्पण गर्नु शुभ हुन्छ। शुभ देवता भगवान् शुक्र हुनुहुन्छ। मन्त्र “ॐ शुक्राय नमः” ११ पटक जप गर्नुहोस्। शुभ दिशा पश्चिम–दक्षिण, अशुभ दिशा पूर्व–उत्तर, शुभ रङ रातो, अशुभ रङ कालो, शुभ अंक ७, अशुभ अंक ३। संयम र धैर्यले सफलता सुनिश्चित हुनेछ।
बृश्चिक
राशिका जातकहरूका लागि आज वित्तीय योजना, अनुसन्धान र सुरक्षा क्षेत्रमा लगानी लाभदायक हुनेछ। तर जोखिमपूर्ण कारोबार र आवेगमा लिएर निर्णय गर्दा घाटा हुन सक्छ। सेयर बजारमा उतारचढाव देखिए पनि विवेकशीलता अपनाउनु जरूरी छ। स्वास्थ्यमा तन्त्रिका र रक्तसञ्चारको ख्याल गर्नुहोस, योग र विश्राम लाभदायक हुनेछ। बिहान शिवलिङ्गमा जल चढाउनु शुभ मानिन्छ। शुभ देवता भगवान् महादेव हुनुहुन्छ। मन्त्र “ॐ नमः शिवाय” ११ पटक जप गर्नुहोस्। शुभ दिशा दक्षिण–पश्चिम, अशुभ दिशा उत्तर–पूर्व, शुभ रङ गाढा रातो, अशुभ रङ कालो, शुभ अंक ९, अशुभ अंक ५। संयम र धैर्यले आज सफलताको बाटो खोल्नेछ।
धनु
राशिका जातकहरूका लागि आज पर्यटन, शिक्षादिक्षा र धर्म–आध्यात्मिक क्षेत्रमा लगानी लाभदायक हुनेछ। तर अत्यधिक जोखिम र अनावश्यक खर्चबाट बच्नुपर्छ। सेयर बजारमा हल्का उतारचढाव रहनेछ, दीर्घकालीन योजना बनाए राम्रो हुनेछ। स्वास्थ्यमा जोर्नी दुखाइ र पाचन समस्या हुनसक्छ, आराम र सन्तुलित आहार आवश्यक छ। बिहान सूर्य नमस्कार गरी सूर्य देवता अरघ दिनुहोस्। शुभ देवता भगवान् विष्णु हुनुहुन्छ। मन्त्र “ॐ नमो भगवते वासुदेवाय” ११ पटक जप गर्नुहोस्। शुभ दिशा उत्तर–पूर्व, अशुभ दिशा दक्षिण–पश्चिम, शुभ रङ पहेँलो, अशुभ रङ कालो, शुभ अंक ३, अशुभ अंक ८। संयम र मेहनतले सफलता प्राप्त हुनेछ।
मकर
राशिका जातकहरूका लागि आज व्यवसाय, निर्माण र कृषि क्षेत्रमा लगानी लाभदायक रहनेछ। तर अत्यधिक जोखिमयुक्त उद्योग र अनावश्यक ऋणबाट बच्नुपर्छ। सेयर बजारमा स्थिरता देखिए पनि छोटो अवधिमा उतारचढाव हुनसक्छ, दीर्घकालीन सोच राख्नु लाभदायक हुन्छ। स्वास्थ्यमा जोर्नी र हड्डी सम्बन्धी समस्या हुनसक्छ, नियमित व्यायाम र पोषणमा ध्यान दिनुहोस्। बिहान सूर्य उदयको समयमा जल अर्पण गर्नु शुभ हुन्छ। शुभ देवता भगवान् शनिदेव हुनुहुन्छ। मन्त्र “ॐ शनैश्चराय नमः” ११ पटक जप गर्नुहोस्। शुभ दिशा पश्चिम–उत्तर, अशुभ दिशा पूर्व–दक्षिण, शुभ रङ कालो, अशुभ रङ रातो, शुभ अंक ४, अशुभ अंक ७। संयम र धैर्यले सफलता दिलाउनेछ।
कुम्भ
राशिका जातकहरूका लागि आज विज्ञान, प्रविधि र सामाजिक सेवा क्षेत्रमा लगानी लाभदायक हुनेछ। तर अत्यधिक जोखिमपूर्ण योजनाबाट बच्नुपर्छ। सेयर बजारमा उतारचढाव देखिए पनि दीर्घकालीन योजना बनाउनु राम्रो हुन्छ। स्वास्थ्यमा तन्तु र मानसिक स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, ध्यान र व्यायाम लाभदायक हुनेछ। बिहान शुद्ध जलमा देवता पूजाको विधि अपनाउनुहोस्। शुभ देवता भगवान् गणेश हुनुहुन्छ। मन्त्र “ॐ गं गणपतये नमः” ११ पटक जप गर्नुहोस्। शुभ दिशा उत्तर–पश्चिम, अशुभ दिशा दक्षिण–पूर्व, शुभ रङ निलो, अशुभ रङ पहेँलो, शुभ अंक ५, अशुभ अंक ९। संयम र समझदारीले सफलता प्राप्त हुनेछ।
मीन
राशिका जातकहरूका लागि आज कला, संगीत र स्वास्थ्य सेवामा लगानी लाभदायक हुनेछ। तर अनावश्यक ऋण र जोखिमयुक्त व्यवसायबाट बच्नुपर्छ। सेयर बजारमा हल्का उतारचढाव रहनेछ, दीर्घकालीन सोच राख्नुपर्छ। स्वास्थ्यमा थकान र तनाव हुनसक्छ, विश्राम र ध्यान लाभदायक हुनेछ। बिहान शुद्ध जलमा जलपात्रमा अर्पण गर्नु शुभ हुन्छ। शुभ देवता भगवान् विष्णु हुनुहुन्छ। मन्त्र “ॐ नमो भगवते वासुदेवाय” ११ पटक जप गर्नुहोस्। शुभ दिशा पूर्व–उत्तर, अशुभ दिशा पश्चिम–दक्षिण, शुभ रङ सेतो, अशुभ रङ कालो, शुभ अंक ७, अशुभ अंक ४। संयम र धैर्यले सफलता सुनिश्चित हुनेछ।
जीवनमा सुख-समृद्धि बढिरहोस्, मन शान्त रहोस्, र तपाईंका सबै कार्यहरू मंगलमय बनुन् । भोलिको राशिफलमा पुनः भेट हुनेछ । तबसम्म स्वस्थ, सुरक्षित र शुभ रहनुहोला । क्लिकमान्डु डटकम हेर्दै गर्नुहोला । लाइक, कमेन्ट, सब्स्क्राइब गर्नुहोला । तपाईंहरुको सुझाव र प्रतिक्रियाले हामीलाई अगाडि बढ्न मद्दत गर्नेछ । शुभदिन । जय होस । नमस्कार







प्रतिक्रिया