२९ वर्षीय टासीले १५ दिनमै ४ पटक सगरमाथा चढे, विमानस्थलमा स्वागत

63
Shares

काठमाडौं । १५ दिनमै ४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका २९ वर्षीय टासी ग्याल्जेन शेर्पालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

खुम्बुका शेर्पाले शुक्रबार बिहान ३:१३ बजे ८,८४८.८६ मिटरको सगरमाथा चौथो पटक आरोहण गरेका थिए ।

कीर्तिमानी शेर्पालाई विमानस्थलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय तथा प्रशंसकले भव्य स्वागत गरेका थिए ।

यस वर्षको सगरमाथा आरोहण लगभग सकिएको छ ।