अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्न हिमालयन ट्राभल मार्ट हुँदै, ५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान

1.1k
Shares

काठमाडौं । आगामी जेठ २० गतेदेखि ३ दिनसम्म काठमाडौंमा पाँचौ संस्करकरणको हिमालयन ट्राभल मार्ट हुने भएको छ । नेपाल पर्यटनबोर्डसँगको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा नेपाल)ले योजना गर्ने उक्त कार्यक्रमा विभिन्न ३० देशबाट १०० देशका प्रतिनिधिमूलक अतिथि बोलाइएको छ ।

पाटा नेपालले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रममा ७०० को संख्यामा स्वदेशी तथा विदेशी सहभागि हुने जानकारी दिइएको छ । निजी क्षेत्रको समर्थन, पर्यटन बोर्डको सहकार्यमा पाटाले आयोजना गरेको उक्त कार्यक्रममा करिब ५ करोड रुपैयाँ खर्च अनुमान गरिएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश बुडालले बताए ।

यस्तो खर्चको लागि एक करोड रुपैयाँ नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ भने बाँकी निजी क्षेत्रले समर्थनबाट हुने भएको छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मिडियादेखि भ्लगरसम्मलाई निमन्त्रणा गरिएको बुडालले बताए ।

हिमालयन ट्राभल मार्टमा सहभागि हुने अन्तराष्ट्रिय मिडिया तथा भ्लगरलाई उपत्यकाको सांस्कृति सम्पदाको भ्रमण गराएर पर्यटन प्रवर्द्धनमा थप योगदान दिइने भएको छ । ट्राभल मार्टमा विभिन्न सेसन, बिजनेस टु बिजनेस (बिटुबी)सहितका कार्यक्रम हुने छ ।

मार्टमा आउने र विशेष महत्व भएका बिटुबीका लागि भने पाटाले हवाई टिकटदेखि नेपाल बसाइसम्मा सहजीकरण गरेर निम्ता गरेको छ । अन्तर्राष्ट्रिय ट्राभल व्यवसायीको आगमनले नेपालको प्रवद्र्धन हुनुका साथै नेपालमा हुने पर्यटन व्यवसाय प्रवर्द्धन समेत हुने अपेक्षा गरिएको छ ।