
काठमाडौं । पियोर इनर्जीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार पियोर इनर्जीको ८० लाख कित्ता साधारण सेयर प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम गरेर सूचिकृत गरिएको नेप्सेले जनाएको छ ।
सेयर सूचीकृत भएसँगै अब मंगलबारबाट कम्पनीको सेयर कारोबार सुरु हुने छ । कम्पनीको सेयर अंग्रेजीमा एगचभ सिम्बलबाट कारोबार हुने छ ।
कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको आईपीओ वैशाख ११ गते बिहीबार बिहान सेयर बाँडफाँड भएको थियो ।
कम्पनीले सर्वसाधारण तर्फ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमार्फत साधारण सेयर खुल्ला बिक्री आह्वान गरेको थियो ।
सर्वसाधारण सेयरधनीहरूलाई वितरण गरिएको २० प्रतिशत अर्थात् १६ लाख कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीहरूले लगानी गरेको ८० प्रतिशत अर्थात् ६४ लाख कित्ता सेयरसमेत गरी कुल ८० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् ।
२० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो । आयोजना ४३ विगाहा क्षेत्रमा फैलिएको छ ।










प्रतिक्रिया