
काठमाडौं । नेपाल वित्तीय संस्था संघका पदाधिकारी तथा सल्लाहकारले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई बधाई तथा शुभकामना दिएका छन् ।
संघका पदाधिकारीले गभर्नर डा. पौडेलसँग भेट गरी गभर्नर पौडेलको नेतृत्वमा अर्थतन्त्र थप चलयमान हुनेमा विश्वास व्यक्त गरेको हो । छलफलमा हालको बैंकिङ क्षेत्रको अवस्था र वित्तीय संस्थाले भोगिरहेका विभिन्न चुनौतीबारे विचारविमर्श गरेको संघले जनाएको छ ।
गभर्नर पौडेलले आगामी दिनमा नीति निर्माणमा बैंक तथा वित्तीय संस्थासँग थप संवादलाई प्राथमिकता दिनेमा जोड दिएका थिए ।










प्रतिक्रिया