प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा

49
Shares

काठमाडौं । प्रिओपनमै सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७० अंकले बढेर २७१२.६९ विन्दुमा पुगेको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको थियो । उक्त समिक्षामा १२५ प्रतिशत रहेको जोखिम भार घटाएर १०० प्रतिशत बनाउने निर्णय भएको थियो ।

५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाम भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो ।

राष्ट्र बैंकले २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार बढाएर १५० प्रतिशतसम्म कायम गरेको थियो ।