
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।
आइतबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय भएको हो ।
हाल १२५ प्रतिशत रहेको जोखिम भार घटाएर १०० प्रतिशत बनाउने निर्णय भएको हो । ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाम भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो ।
राष्ट्र बैंकले २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार बढाउर १५० प्रतिशत पुर्याएको थियो ।








प्रतिक्रिया