मौद्रिक नीति समीक्षाका लागि व्यवस्थापन समितिको बैठक बोलाइयो

511
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको लागि छलफल गर्न व्यवस्थापन समितिको बैठक बोलाएको छ । आइतबार ३ बजेका लागि गभर्नर डा. विश्वनाथ पौडेलले व्यवस्थापन समितिको बैठक बोलाएका हुन् ।

गभर्नरको अध्यक्षतामा बस्ने व्यवस्थापन समितिमा दुबै डेपुटी गभर्नर कार्यकारी निर्देशकमध्येबाट गभर्नरले तोकेको सिनियर अधिकारी सदस्यसचिव रहने व्यवस्था छ ।

कार्यकारी निर्देशकको पहिलो बरियातमा रहेकोलाई व्यवस्थापन समितिको जिम्मेवारी तोकीने गरिएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दा हरेक त्रैमास सकिएको ४५ दिनभित्र गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ । जस अनुसार मौद्रिक नीति समिक्षा सार्वजनिक गर्नका लागि व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

गभर्नर पौडेलले नियमन भन्दा सुपरीवेक्षणमा बढी जोड दिइने विषय उल्लेख गर्दै आएका छन् । अहिलेलाई धेरै नीतिगत फेरबदल नगरी बजारलाई सकारात्मक सन्देश दिने किसिमको मौद्रिक नीति समिक्षा आउने अपेक्षा गरिएको छ ।

भरखरै मात्र गभर्नर नियुक्ती भएकाले मौद्रिक नीति समिक्षाले गभर्नर कसरी अगाडि बढ्न चाहन्छन् भन्ने सन्देश यसबाट मिल्नेछ । यसैले पनि तेस्रो मौद्रिक नीति समिक्षालाई चासोका साथ हेरिएको छ ।

Skip This