१९ अंकले बढ्दै नेप्से २६८८ विन्दुमा, बैंकिङ समूह ३.८२ प्रतिशतले बढ्यो

42
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक उक्सचेञ्ज (नेप्से) १९.०४ अंकले बढेर २६८८ विन्दुमा पुगेको हो ।

अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ७.९४ अंकले घटेको थियो । त्यसअघि मंगलबार नेप्से ४९.०९ अंकले बढेको थियो भने सोमबार १९.३० अंकले बढेको थियो ।

बिहीबार सूचक बढेपनि कारोबार भने घटेको छ । आज नेप्सेमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा साढे १० अर्बको कारोबार भएको थियो ।

आज बैंकिङ समूह सूचक ३.८२ प्रतिशतले बढ्दा लघुवित्त समूह २.५८ प्रतिशतले उकालो लागेको छ ।

Skip This