त्रिभुवन विमानस्थलको अध्यागमनमा अख्तियारको छापा, सहसचिव तीर्थराज भट्टराई पक्राउ

1.1k
Shares


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारेको छ।

विमानस्थल कार्यालयका अनुसार अख्तियारको अनुसन्धान अधिकारीको एक समूह अहिले कार्यालयमै बसेर आवश्यक कागजात माग्ने काम भइरहेको छ ।

अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले छापा मारेको हो । अध्यागमन प्रमुखलाई हटाएर आजै मात्रै गृहमन्त्री रमेश लेखकले कर्मचारीको हेरफेर गरेका थिए ।

अध्यागमनमा अख्तियारकाे छापासँगै आजै मात्र सरुवा भएर गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।