
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लेखा समिति अन्तर्गतको उपसमितिले बनाएको छानविन समितिको प्रवदेनमाथि संदस्यहरुबीचमै एकमत हुन सकिरहेको छैन्। छानविन समितिले औल्याएको विषयमा लेखा समितिका सदस्यलहरुले प्रश्न उठाएपछि छानविन समितिले त्यसबारेमा जवाफ दिएका छन् ।
बुधबार बसेकाे समितिकै बैठकमा छानविन उपसमितिको प्रतिवेदन लेखा समितिमा विमोचन गरेको जस्तो मात्रै भएको भन्भने विषय उठेको छ । उक्त विषयमाथि छानविन समितिकै सदस्य तारा लामाले नै असहमति जनाएका छन् । उनले भने ‘मूल निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भएकोले उसैलाई प्रतिवेदन बुझाएर थप अनुसन्धान गराउन लगाउनुपर्छ ।’
लामाले थपे ‘लक्ष्यअनुसार काम नहुनु, निर्माण कम्पनी प्रोएक्टिभ भएको र अनियमतिता भएको विषयमा कुनै शंका नरहेको प्रतिवेदनले औंल्याएको छ।’ उनले उक्त प्रतिवेदन अख्तियारलाई दिएर थप अनुसन्धान गर्र्नुपर्ने विषयमा कुनै दुइमत नभएको दाबी गरे ।
संसद सदस्य रामकृष्ण यादवले आफ्नो अनुभवका आधारमा अहिले लेखा समितिमा भएको वादविवाद यस अघि कहिल्यै नभएको बताए । उनले यस अघि ४ वर्ष सभापति भएर समिति चलाउँदासमेत अहिलेको जस्तो विवाद कहिल्यै नभएको दाबी गरे ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले विमानस्थलको निर्माणमा सम्पूर्ण रूपमा भ्रष्टाचार भएको दाबी गरे।
उनले महँगो ब्याजमा ऋण लिई परियोजना निर्माण गरिएको र त्यसको भार नेपाली जनतामाथि पारिएको बताए। यत्रो महँगो ब्याजमा ऋण ल्याएर जनताको थाप्लोमा बोकाइएको छ, अनि हामी चुपचाप बस्ने परम्परा बसाल्न मिल्दैन, उनले भने।
विमानस्थल निर्माणको जिम्मा नेपाली कम्पनीलाई नदिई छिमेकी मुलुक चीनको ठेकेदार कम्पनीसँग गरिएको सम्झौतालाई उल्लेख गर्दै केसीले यसलाई कुनै कूटनीतिक विषय नभई ठेक्का कम्पनीसँग सम्बन्धित विषय भएको स्पष्ट पारे।
मित्रराष्ट्र चीन, अमेरिका वा भारतको जुनसुकै कम्पनी होस्, ठेकेदारको अनियमितता लुकाएर प्रतिवेदन बनाउन नमिल्ने पनि उनको भनाइ छ।
सांसद केसीले सार्वजनिक लेखा समितिले विमानस्थल निर्माणमा भएको खर्च, प्रक्रिया र पारदर्शिताको गहिरो समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।







प्रतिक्रिया